देशका अधिकांश उच्चपहाडी तथा हिमाली भेगमा हिमपात (फाेटाे फिचर)
काठमडाैं । देशका अधिकांश भागमा माैसम बदली भएकाे छ । बिहीबार बिहानैदेखि बदली रहेकाे माैसम अपरान्ह तथा साँझ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएकाे हाे ।
साेलुखुम्बु, ताप्लेजुङ, भाेजपुरका उच्च पहाडीभेगमा हिमपात भएकाे जल तथा माैसक पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै, बाग्मती प्रदेशकाअधिकांश हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे छ । काठमाडाैं उपत्यका बिहीबार दिउँसाेदेखि रातिसम्म बर्षा भएकाे छ भने चन्द्रगिरी र फुलचाेकीमा सामान्य हिमपात भएकाे छ ।
मनाङ, मुस्ताङलगायत जिल्लामा बाग्लाे हिमपात भएकाे छ । बैतडीलगायत सुदुरपश्चिमी क्षेत्रमा पनि हिमपात र सामान्य वर्षा भएकाे छ।