एमालेले माग्यो चार मन्त्रीको राजीनामा,कोरम नपुगेर संसद् प्रभावित
गणपूरक संख्या नपुगेर संसद्को कारबाही प्रभावित भएको विषयमा सत्ता र प्रतिपक्षी दलबीच जुहारी चलेको छ । विधेयक प्रस्तुत गर्ने वेला प्रतिपक्षी दलले आफ्ना सांसद बाहिर पठाएर गणपूरक संख्या यकिन गराउने नाटक मञ्चन गरेको आरोप सत्तापक्षले लगाएपछि शुक्रबार प्रतिनिधिसभा बैठक प्रभावित भयो ।
बिहीबार बसेको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक प्रस्तुत गर्ने वेलामा गणपूरक संख्या यकिन गर्दा कोरम पुगेको थिएन । संविधानअनुसार विधेयक निर्णयार्थ प्रस्तुत गर्दा एकचौथाइ अर्थात् ६९ सांसद आवश्यक पर्नेमा ६५ मात्रै उपस्थित भएपछि राजनीतिक दलसम्बन्धी विधेयक प्रक्रियामा जान सकेन । त्यसपछि सभामुखले बैठक स्थगित गरेका थिए ।