पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूत छनबीच भेट
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार बिहान खनालनिवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ।
भेटका अवसरमा समसामयिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल–चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको भेटमा सहभागी विदेश विभाग सचिव डा. शंकर खतिवडाले जानकारी दिए।