आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
काठमाडौं । आज ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । लैगिंक समावेशितालाई प्रेरित गरौँ भन्ने नाराका साथ यस वर्षकाे महिला दिवस मनाईंदैछ ।
नेपालको नयाँ संविधान महिला मैत्री भएपनि कार्यान्वयनमा चुनौति भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनका लागि बन्ने कानून पनि महिला मैत्री बन्नुपर्नेमा जोड दिएका छन् ।
महिला दिवसकाे अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तिहरूद्वारा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको ११३ वर्ष पूरा भएको छ ।
सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए । सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।