जुकेखाडी साबको चुनाव चारदलसँग गठबन्धन गर्दा पनि एमाले उत्तानो चित
झापा । झापाको अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा मोहन श्रेष्ठ १८०१ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
समूहको गत सोमबार सम्पन्न निर्वाचनमा उनका निकटतम प्रतिष्पर्धी नरेन्द्रप्रसाद मिश्रलाई ६२० मतले पराजित गर्दै श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । मिश्रले ११८१ र अर्का अध्यक्षका उम्मेदवार भोलानाथ पौडेलले २२३ मत प्राप्त गरेका थिए ।
तीन वटा प्यानलनै बनाएर उमेद्वारहरु चुनावमा होमिएका थिए । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमुक्तिको प्यानलनका अध्यक्षका उमेद्वार मिश्र थिए भने नेपाली कांग्रेश र नेकपा (एस) को नेतृत्व श्रेष्ठ गरेका थिए । रास्वपाले एक्ले उमेद्वार खडा गरेको थियो ।
त्यसैगरी उपाध्यक्षमा नेकपा (एस) का तर्फबाट उमेद्वार भएका लक्ष्मीराम शर्मा तिम्सिना १४०७ मत प्राप्त गरि निर्वाचित भई रहँदा उनका निकटतम प्रतिष्पर्धी माओवादी केन्द्र निकट नारायण पौडेलले १३२४ र अर्का उपाध्यक्षका उम्मेदवार खम्बबहादुर दाहाल “खेम”ले ३९६ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा उर्मिला कटुवाल अधिकारी १४४१ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिष्पर्धी कमला रिमालले १२५१ र अर्का सचिवका उम्मेदवार जानुका खतिवडाले ३३१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी सहसचिवमा सोमनाथ चापागाईं ११४४ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी लोकेन्द्र कार्कीले ११०८ र अर्का सहसचिवका उम्मेदवार टेकनाथ निरौलाले ३८४ मत प्राप्त गरेका थिए ।
त्यस्तै कोषाध्यक्षमा मनिला जवेगु लिम्बू १५१३ मत प्राप्त गरि निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिष्पर्धी रञ्जना कुँवर “सृजना”ले १३०९ र अर्का कोषाध्यक्षका उम्मेदवार कुलमाया बुढाथोकीले २७६ मत प्राप्त गरेका थिए ।
त्यसैगरी समूहको खुल्ला सदस्यहरुमा नरेन्द्रप्रसाद ओझा २२७, कृष्णप्रसाद बाँस्कोटा ३२४, यामनाथ पराजुली १६८, यामबहादुर थापा १६१, ज्ञानबहादुर कार्की ४७०, अनिता खाती २९५, निरुता लिम्बू ३५७, सरस्वता थापा १६६, नारायणीकुमारी सुवेदी १३५ र सविताकुमारी धौलाकोटी रोक्का ४८४ निर्वाचित भएका छन् ।
नेकपा एमाले झापाका कार्यवाहक अध्यक्ष प्रेम गिरी समेत उपभोक्ता रहेको जुकेखाडी सामुदायिक बनमा चार दलसँग गठबन्धन गर्दा पनि एमाले निकट अध्यक्षका उमेद्वारको लज्जास्पद हार हुनुलाई एमाले प्रति जनताको विस्वास गुमेको स्थानियको बुझाई छ । यस बिषयमा एमालेका एक स्थानिय नेतासँग जिज्ञासा राख्दा भने ‘एमाले प्रति जनताको विस्वास गुमेको पटक्कै हैन, उहाँ गिरी कम्रेड प्रति विस्वास घटेको हो त्यसैको असर आज बनको चुनावमा देखियो ।’