दमकमा ब्राउन सुगरसहित चारजना पक्राउ
झापा । झापाको दमकमा लागूऔषध ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् । गएराति अन्दाजी १० बजेको समयमा दमक नगरपालिका- २ स्थित हिमालय माध्यमिक विद्यालय नजिक बाटोमा लागूऔषध बिक्री गरिरहेको भन्ने विशेष सूचना आधारमा प्रहरी टोली पुग्दा दमक- २ बस्ने ४३ वर्षीय नेत्र थापा, सोही ठाउँका २६ वर्षीय भेषबहादुर भुजेल, १९ वर्षीय किरण थापा र दमक- ५ का २६ वर्षीय प्रकाश लिम्बूले बोकेको स–सानो प्लास्टिकको पोकामा ३० पोका ब्राउन सुगर भेटिएको थियो ।
त्यसलाई डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित ७ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर फेला परेकोले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।