बिर्तामोडको विष्णुमाया विष्टको हत्या अभियोगमा दुई पक्राउ
झापा । बिर्तामोड–४ कालिका नगर निवासी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । बिष्टको हत्या भएको २० दिन पछाडी हत्या आरोपमा आज प्रहरीले बिर्तामोड–४ का २१ बर्षीयागंगा चौधरी र २७ बर्षीय महेश राजवंशीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार उनिहरुले हत्या आरोप स्विकार गरि सकेकाछन् । चौधरीको घर बिष्टको घरबाट २ सय मिटर भित्र रहेको छ । चौधरीकै बयानका आधारमा अर्का आरोपीलाई पक्राउ गरिएको हो ।
गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो । हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिए थियो । कुनै सुराक फेला पार्न नसकेको कारण केही ढिला अभियुक्त पक्राउ परेको प्रहरी स्रोतको दावी छ ।
घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरीको टोली गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए । बैशाख २६ गत घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिए पनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो ।