वामपन्थी पत्रकारहरु एकै ठाउँ,समयमै होला त चुनाव ?
नेपाल पत्रकार महासंघको निर्वाचन पूर्वनिर्धारित मितिमै हुनुपर्ने माग गर्दै वाम- प्रगतिशील खेमाका ६ संगठनले वक्तव्य जारी गरेका छन् ।
महासंघको वैशाख २१-२२ मा सम्पन्न महाधिवेशनले जेठ २६ गते केन्द्र,प्रदेश र जिल्लाको निर्वाचन एकैसाथ सम्पन्न गर्ने भनेको थियोे । तर, अहिलेसम्म निर्वाचन समितिलाई सदस्यको अद्यावधिक नामावलीसमेत नबुझाइएको र त्यही कारण निर्वाचन तालिका प्रकाशित हुन नसकेको भन्दै ६ संगठनले महासंघ नेतृत्वको आलोचना गरेका छन् ।
आजै ६ संगठनद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ,महासंघका अद्यावधिक सदस्यको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका कृयाशील पत्रकारको नामावली समेटी निर्वाचन समितिबाट प्रक्रियाबमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाइयोस् ।’
वक्तव्यमा प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगल, समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी, प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा र क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढाले हस्ताक्षर गरेका छन् ।