मोरङमा स्कुटर दुर्घटना, मेचीनगरका राईको मृत्यु
विनोद सापकोटा,
झापा, भदौ २७ । मोरङमा भएको स्कुटर दुर्घटनामा झापा मेचीनगरका कृष्णकुमार राईको मृत्यु भएको छ ।
मोरङको किसान चौक– टाँडी रमिते सडकखण्डमा पर्ने माने मिक्लुखोला पुल उत्तर प्रदेश १ –०२ –०५२ प ४०६४ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक मेचीनगर १ का कृष्णकुमार राईको घटनास्थलमै मृत्यु भएको हो । सोही स्कुटरमा पछाडी सवार मिक्लाजुङ ६ बाँझोखेका सुरज राई घाइते भएका छन् । उनलाई उपचारका लागि बिराटनगरस्थित नोबेल अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै पथरीशनिश्चरेमा बिहीवार दिउँसो अचेत अवस्थामा भेटिएकी एक बेवारिसे महिलाको उपचारको क्रममा मृत्यु भएको छ । वडा नम्बर १ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम बस स्टेण्डनजिकै अचेत अवस्थामा भेटिएकी ६० वर्षिया पहिचान नखुलेकी महिलाको निधन भएको पथरी प्रहरीले जनाएको छ । सडकमा अचेत अवस्थामा भेटिएकी ती महिलालाई उपचारका लागि पथरी नगर अस्पतालमा पु¥याएर उपचार गर्दागर्दै मृत्यु भएको सो अस्पतालका डाक्टरले जानकारी दिए । उनी को हुन् भन्ने बारेमा केही खुलेको छैन । स्थानीयले दिउँसो साढे ३ बजेतिर सडकमा अचेत अवस्थामा लडिरहेको महिला देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दाले खबर दिएलगत्तै घटनास्थल पुगेको प्रहरीले उनलाई उद्धार गरी पथरी शनिश्चरे नगरको नगर अस्पतालमा उपचारका लागि पु¥याएको थियो ।
प्रहरीका अनुसार ती महिलाको साथबाट पाँचथर फिदिम वडा नम्बर ८ ठेगाना उल्लेख भएको नागरिकताको प्रमाणपत्र , एक थान मोबाइल र केही नगद फेला परेको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले मृतकको शबलाई उर्लाबारी नगरपालिका ३ मा रहेको मदन भण्डारी ट्रमा सेन्टरमा राखेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालले बताए ।