सरकार बनाउने र भत्काउने खेलमा माओवादी नलाग्ने – अध्यक्ष प्रचण्ड
झापा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झापाले आज बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले अब माओवादी सरकारमा जाने र नयाँ समिकरण बनाउने खेलमा नलाग्ने बताए । नेकपा माओवादी केन्द्र अब जनतासंग जाने र जनतालाई संगठित गर्दै अघि बढ्ने अध्यक्ष दाहालको भनाई छ ।
नेकपा एमाले र नेपाली कांग्रेसलाई २०८४ सालसम्म नै मिल्न र सरकार सञ्चालन गर्न शुभकामना दिँदै अध्यक्ष दाहालले फेरि प्रचण्ड जी मिल्न पर्यो भन्दै नआउन आग्रह गरे ।