देशभर बाढी-पहिरो : मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो, ४० जना बेपत्ता
झापा । मनसुनी विपद्मा परेर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा ३४ जना घाइने रहेका छन्। काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्। अहिलेसम्म मुलुकभर गरेर ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
यता विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिए। यसैबीच विपद्को जोखिमका आधारमा काठमाडौँमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्तिसमेत परिचालन गरिएको उनले जानकारी दिए।