झापामा चाडपर्व लक्षित सुरक्षा योजना,१२६० प्रहरी परिचालन
झापा । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी प्रहरीले झापामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ ।
चाडपर्वमा हुन सक्ने विभिन्न किसिमका आपराधिक घटनाहरुलाई न्यूनीकरण तथा रोकथामका साथै सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकहरुलाई भयरहित वातावरणमा आपसी सद्भावका साथ चाडपर्व मनाउने अवस्था सिर्जना गर्नका असोज १० गतेदेखि झापा प्रहरीले सो सुरक्षा योजना लागु गरेको हो ।
जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख मिलन केसीले असोज १० गतेदेखि कात्तिक २९ गतेसम्म लागु हुने गरी चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गरिएको जानकारी दिए । सो योजनाअन्तर्गत जिल्लाभरि १२६० जना जनपद र ट्राफिक प्रहरी खटाइएको उनले जानकारी दिए ।