मंसीर १ गतेदेखि बिर्तामोडमा पर्यटन तथा चलचित्र महोत्सव
बिर्तामोड । मंसिर १ गतेदेखि झापाको बिर्तामोडमा ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव २०८१’ हुने भएको छ । तामाङ घेदुङ्ग बिर्तामोड नगर समिति तथा नेपाल चलचित्रकर्मी संघको संयुक्त आयोजनामा मंसीर १ देखि १५ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।
आयोजक संस्थाले आज (बिहीवार) बिर्तामोडस्थित महोत्सव स्थलममा पत्रकार सम्मेलनेको आयोजना गरी तयारीका बिषयमा जानकारी दिएको छ ।
महोत्सवमा चलचित्र प्रदर्शनी, चलचित्रकर्मीलाई सम्मान, चलचित्र र पर्यटन सम्बन्धी अन्तरक्रिया साथै बिभिन्न व्यवसायिक स्थलहरु रहने तामाङ घेदुङ्ग बिर्तामोड नगर समितिका अध्यक्ष बिजय तामाङले जानकारी दिए । उनका अनुसार महोत्सवमा तामाङ समुदायको भेषभूषा, सांस्कृतिक तथा धर्म झल्किने स्टल साथै सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत रहनेछ ।
महोत्सवमा सात वटा नेपाली चलचित्रहरु मंसिर ३ गतेदेखि ९ गतेसम्म प्रदर्शनी गरिने नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश अध्यक्ष केवल तामाङले बताए । उनले वानरसेना, नालापानी, माङ्गेना, लीलामे माइला, बिहेपास, चारधाम र कृष्णलीला चलचित्र प्रदर्शनी गरिने जानकारी दिए । भारतको सिक्किम राज्य र नेपालको पर्यटन र चलचित्रलाई सँगसँगै लाने उदेश्य साथै भारत र नेपालको भाइचारा सम्बन्धलाई अझ मजबुत बनाउन महोत्सवको ठूलो भूमिका रहने अध्यक्ष केवलले बताए ।
महोत्सवमा बिभिन्न २२ वटा ब्यवसायकि स्टलहरु रहने बताइएको छ । जुवा रहित महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा एक करोड ५० लाख वढीको कारोवार हुने र ५ लाख दर्शकहरुले अवलोन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सवमा अनुमानित ६० लाख खर्च हुने आयोजकको अनुमान छ ।
महोत्सवमा ज्योती मगर, राजेशपायल राई, शान्तिश्री परिवार, तृषना गुरुङ, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, एलिना चौहान, पूर्ण राईलगायतका कलाकारहरुले सांगितिक प्रस्तुती दिने आयोजक संस्थाले जनाएको छ ।
पत्रकार सम्मेलनको सहजीकरण तामाङ घेदुङ्ग बिर्तामोड नगर समितिका सचिव गणेशबहादुर तामाङले गरेका थिए । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने आयोजकले जनाएको छ ।