मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैतमा हुने

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैतमा हुने

मध्यपश्चिम विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी चैत ३ गते गर्ने निर्णय गरेको छ। माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषदको वैठकले उक्त निर्णय गरेको हो। मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको हो। विश्वविद्यालयले अहिले घोषणा गरेको दोस्रो स्ववियु निर्वाचन हो। विश्वविद्यालय स्थापना यता…

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने!

अब सिंहदरबारमा भाडाका गाडी प्रवेश गर्न पाउने!

सरकारले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा भाडाका सवारी साधनलाई प्रवेशको व्यवस्था मिलाएको छ।  अपांग र अशक्त नागरिकलाई सहज रूपमा सिंहदरबार प्रवेशका लागि उक्त व्यवस्था मिलाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए।  यसअघि सरकारी, निजी, कूटनीतिक र पर्यटक सवारी साधन निर्वाध रूपमा सिंहदरबारमा प्रवेश पाउँदै आएका छन्। सरकारले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै भाडाका गाडीलाई सिंहदरबार…

उपमहानगरले नगरवासीलाई खुसी पार्न बनाएका थरि थरि ताल

उपमहानगरले नगरवासीलाई खुसी पार्न बनाएका थरि थरि ताल

दाङको घोराही उपमहानगरपालिकाले जलाशय निर्माणमा २० करोड २१ लाख रुपैयाँ खर्च गरेको छ। यो रकम जलाशय बनाउन सात वर्षमा खर्च भएको हो। जम्मा १९ वटा वडा रहेको घोराहीमा सात वर्षमा १३ वटा वडामा ४२ वटा जलाशय निर्माण गरिएका छन्। तीमध्ये दुई दर्जन जति घोराहीले आफ्नै बजेटले निर्माण गरेको हो। केही जलाशय प्रदेश सरकारको बजेटबाट र…

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले गरे ओली र लिङ्देनसँग छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षहरूसँग बुधबार बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष एवं उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन्। सत्ता साझेदार अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा सांसद पद बदर भएपछि उनले…

भारतले बाटो नदिँदा बढ्यो व्यवसायीको लागत!

भारतले बाटो नदिँदा बढ्यो व्यवसायीको लागत!

अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले २०७४ सालमा वीरगञ्जमा एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) सञ्चालनमा आएको थियो। रक्सौलबाट करिब ७ किलोमिटर टाढाको यो जाँच चौकी सञ्चालनमा आएपछि भारतबाट आउने मालबाहक गाडीहरू व्यवस्थित हुने विश्वास लिइएको छ। आइसिपी सञ्चालनमा आएसँगै भारतीय भन्सारबाट जाँच पास भएर आएका अरू सामान बाेकेका ट्रक सोझै यहाँ आउन थाले। यिनको भन्सार जाँच पास आइसिपीबाट भए पनि कोइला,…

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो
|

बाँसबाट बनेका सामग्रीलाई बजारको माग धान्न गाह्रो

बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै रहेको छ । सहिदभूमि गाउँपालिका–६ का ज्ञानकुमार राई बजारले माग गरेको आधा पनि बाँसबाट बनेका सामग्री आपूर्ति गर्न नसकेको बताउनुभयो । विगत २३ वर्षदेखि बाँसको काम गर्दै आउनुभएका ४० वर्षीया राईले नेपालका विभिन्न सहरलगायत चीन,…

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन
|

विदेशको जागिर छाडेर स्वदेशमै भैँसीपालन

देशभित्रै केही उद्यम गरौँ भन्ने हुटहुटीले कतारको मासिक डेढ लाखको जागिर त्यागेर भद्रपुर–१ का ३५ वर्षीय अर्जुन सुवेदीले उन्नत मुर्रा जातको भैँसीपालन सुरु गर्नुभएको छ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ११ वर्षसम्म काम गर्दा मासिक डेढ लाख आर्जन गरेको उहाँले बताउनुभयो । स्वदेशमै पसिना र सीप लगाउने चाहना बोकेर उहाँ कतारबाट नेपाल फर्किनुभयो र सुवेदी…

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ। बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडाँमा बस्नेछ। सोमबारबाट शुरू भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो। बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ। नेकपा (माओवादी केन्द्र) को जारी स्थायी समिति बैठकमा नेताहरुको…

अमेरिकी उपविदेश मन्त्रीले भेटिन् एमाले अध्यक्ष ओलीला

अमेरिकी उपविदेश मन्त्रीले भेटिन् एमाले अध्यक्ष ओलीला

नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन्। ओली निवास बालकोटमा भएको भेटमा द्वीपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको छ। आइतबार साँझ काठमाडौं आइपुगेकी न्युल्यान्डले यसअघि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्।  Source: Setopati

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री पौड्याल बिहीबार श्रीलङ्का जाँदै

परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलङ्का जाने कार्यक्रम तय भएको छ। श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्र मन्त्री पौड्याल बिहीबार कोलोम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम छ। मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रीको श्रीलङ्का भ्रमणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ। परराष्ट्रमन्त्री भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो। श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र २१ गते (फेब्रुअरी ३ र…