आज वास्तु दिवस एवं विश्वकर्मा पूजा
| |

आज वास्तु दिवस एवं विश्वकर्मा पूजा

काठमाडौं । कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् ।प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य वस्तुबाट बनाइएको…

बिहीबारकाे माैसम 
| | |

बिहीबारकाे माैसम 

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको  बताएको छ । साथै कोशी  र गण्डकी प्रदेशका एक–दुई  स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।…

आज ऋषिपञ्चमी पर्व मनाइँदै
| |

आज ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौं । ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।  प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज)…

विघ्नहर्ता गणेश भगवानको विशेष पूजासहित गणेश चौथी मनाइँदै
| |

विघ्नहर्ता गणेश भगवानको विशेष पूजासहित गणेश चौथी मनाइँदै

काठमाडौं । विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी व्रत मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त…

नारीहरूले व्रत बसी तीज पर्व मनाउँदै, यस्ताे छ धार्मिक महत्व र विश्वास
| |

नारीहरूले व्रत बसी तीज पर्व मनाउँदै, यस्ताे छ धार्मिक महत्व र विश्वास

काठमाडौं ।  धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित पुरुष, महिलाले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष…

दसैंमा सुकिला नोट
| | |

दसैंमा सुकिला नोट

काठमाडौँ । विगतका वर्षमा जस्तो यस वर्ष दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ । नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।  गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय…

‘जलवायु परिवर्तनले मानव स्वास्थ्यमा परेको असर अनुसार योजना बन्नुपर्छ’
| |

‘जलवायु परिवर्तनले मानव स्वास्थ्यमा परेको असर अनुसार योजना बन्नुपर्छ’

काठमाडाैं । जलवायु परिवर्तनको असरले मानव स्वास्थ्यमा परेको असर न्युनिकरण गर्न जलवायु वित्त परिचालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सरोकारवालाहरुले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्यमा प्रतिकुल असरहरु परिरहेको भन्दै त्यसको न्युनिकरणका लागि जलवायु वित्त परिचालन गर्नुपर्ने बताएका हुन् । सरोकारवालाहरुले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि योजना बनाउँदा मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।…

महिला उद्यमी समूहको हरितालिका तीज विषेश कार्यक्रम
| |

महिला उद्यमी समूहको हरितालिका तीज विषेश कार्यक्रम

झापा । झापाका महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् ।बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।कार्यक्रमको…

२९औँ जलवायु सम्मेलनको तयारी शुरु, एकरुपताका आधारमा एजेण्डा तय हुने
|

२९औँ जलवायु सम्मेलनको तयारी शुरु, एकरुपताका आधारमा एजेण्डा तय हुने

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले आगामी नोभेम्बर ११ देखि २२, २०२४ मा अरजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को तयारी शुरु गरेको छ । मन्त्रालयले काठमाडौँमा विभिन्न अन्तरसरकारी मन्त्रालय, विज्ञ, पत्रकार, गैरसकारी संस्थालगायत अन्य सरोकारवालाहरूसँग आगामी कोपको एजेण्डाका विषयमा छलफल गरेको हो । मन्त्रालयका अनुसार…

पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी पर्व मनाइदै
| |

पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी पर्व मनाइदै

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन…