दसैंमा सुकिला नोट
| | |

दसैंमा सुकिला नोट

काठमाडौँ । विगतका वर्षमा जस्तो यस वर्ष दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण नगर्ने भएको छ । नयाँ नोटको सट्टा सुकिला (सफा) नोट वितरण गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।  गत साता बसेको राष्ट्र बैंक व्यवस्थापन समितिको बैठकले औपचारिक रूपमै यस वर्ष नयाँ नोटको सट्टा सुकिलो नोट वितरण गर्ने निर्णय…

‘जलवायु परिवर्तनले मानव स्वास्थ्यमा परेको असर अनुसार योजना बन्नुपर्छ’
| |

‘जलवायु परिवर्तनले मानव स्वास्थ्यमा परेको असर अनुसार योजना बन्नुपर्छ’

काठमाडाैं । जलवायु परिवर्तनको असरले मानव स्वास्थ्यमा परेको असर न्युनिकरण गर्न जलवायु वित्त परिचालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सरोकारवालाहरुले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्यमा प्रतिकुल असरहरु परिरहेको भन्दै त्यसको न्युनिकरणका लागि जलवायु वित्त परिचालन गर्नुपर्ने बताएका हुन् । सरोकारवालाहरुले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि योजना बनाउँदा मानव स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।…

महिला उद्यमी समूहको हरितालिका तीज विषेश कार्यक्रम
| |

महिला उद्यमी समूहको हरितालिका तीज विषेश कार्यक्रम

झापा । झापाका महिला उद्यमीहरुले हरितालिका तीज पर्वको अवसर पारेर बिर्तामोडमा ‘तीज विषेश कार्यक्रम’ सम्पन्न गरेका छन् ।बिर्तामोड उद्योग वाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी समूहले अतिथि सदनमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न गरेका हुन् । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्य तथा महिला उद्यमी समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईको अध्यक्षतामा कार्यक्रम भएको हो ।कार्यक्रमको…

२९औँ जलवायु सम्मेलनको तयारी शुरु, एकरुपताका आधारमा एजेण्डा तय हुने
|

२९औँ जलवायु सम्मेलनको तयारी शुरु, एकरुपताका आधारमा एजेण्डा तय हुने

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले आगामी नोभेम्बर ११ देखि २२, २०२४ मा अरजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) को तयारी शुरु गरेको छ । मन्त्रालयले काठमाडौँमा विभिन्न अन्तरसरकारी मन्त्रालय, विज्ञ, पत्रकार, गैरसकारी संस्थालगायत अन्य सरोकारवालाहरूसँग आगामी कोपको एजेण्डाका विषयमा छलफल गरेको हो । मन्त्रालयका अनुसार…

पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी पर्व मनाइदै
| |

पवित्र कुश घर–घरमा भित्र्याएर कुशे औँसी पर्व मनाइदै

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन…

विद्यालयमा पनि छाउ, छात्रालाई ६ दिन छेकबार
| |

विद्यालयमा पनि छाउ, छात्रालाई ६ दिन छेकबार

अछाम । छाउपडी प्रथालाई कानुनी रूपमा दण्डनीय अपराध घोषणा गरिएको ७ वर्ष बितिसक्दा पनि अछामका गाउँमा यसको प्रभाव यथावत् छ । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित सरस्वती आधारभूत विद्यालयमा महिनावारी भएका बेला छात्रा तथा शिक्षिकालाई ‘अघोषित रूपमा’ रोक छ ।  पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा ६६ विद्यार्थी छन्, तीमध्ये ३६ जना छात्रा छन् भने ३० जना छात्र ।…

रक्षाबन्धन गरेर जनैपूर्णिमा पर्व मनाइँदै
| |

रक्षाबन्धन गरेर जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडाैं । आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व । सनातन तागाधारीहरुले विधिपूर्व स्नान गरी नयाँ जनै लगाउनुका सार्थै हातमा रक्षाबन्धन बाँधेर यो पर्व मनाउँदैछन् । जनैपूर्णिमाका अवसरमा देशका विभिन्न जलाशय, कुण्ड तथा मन्दिरहरुमा तीर्थयात्रा गर्ने चलन छ । श्रावण शुक्ल पूर्णिमा तिथिमा वैदिक विधिपूर्वक अभिमन्त्रण गरिएको नयाँ यज्ञोपवित ब्रह्मसूत्र वा जनै धारण गरिने हुँदा यस पूर्णिमालाई जनैपूर्णिमा…

देशभर मनसुनी वायुको प्रभाव कायम
| | |

देशभर मनसुनी वायुको प्रभाव कायम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।  विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका…

मंगलबारकाे मौसम
| | |

मंगलबारकाे मौसम

झापा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको मौसमविद् सरोज पुडासैनाले जानकारी दिए । । अहिले बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा…

साउनको अन्तिम सोमबार झापाका शिवालयमा भक्तजनको घुइँचो
| |

साउनको अन्तिम सोमबार झापाका शिवालयमा भक्तजनको घुइँचो

झापा । आज साउनको अन्तिम सोमबार झापासहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा जलेश्वरधाम, कनकाई माईधाम लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।…