‘हरिबहादुरको जुत्ता’ बनाउँदै 
|

 ‘हरिबहादुरको जुत्ता’ बनाउँदै 

दुई दशकअघिको चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’मा अभिनेता हरिवंश आचार्यले निर्वाह गरेको हरिबहादुरको चरित्र निकै रुचाइएको थियो । अझै पनि हरिवंशलाई यही चरित्रका कारण धेरैले सम्झने गर्छन् । अब उनले हरिबहादुरको चरित्र फिल्ममा पनि निभाउने भएका छन् । त्यो फिल्मको नाम हो, ‘हरिबहादुरको जुत्ता’ । बुधबार यो शीर्षकमा फिल्म बन्न लागेको जानकारी गराइयो । दीपेन्द्र के. खनालको…

कात्तिक ३० मा थपियो ‘केटी हराएको सूचना’, टिजरमा नाजिरको बन्धकमा सृष्टि
|

कात्तिक ३० मा थपियो ‘केटी हराएको सूचना’, टिजरमा नाजिरको बन्धकमा सृष्टि

आगामी कात्तिक ३० गते (गुरु नानक जयन्तीको दिन) नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । अभिनेता नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी दम्पतीको निर्माण तथा अभिनय रहेको फिल्म ‘ह्रस्व दीर्घ’ र अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘बम बहादुर’ले कात्तिक ३० गतेलाई प्रदर्शन मिति तय गरिसकेको अवस्थामा अब अर्को फिल्म ‘केटी हराएको सूचना’ पनि थपिएको…

वर्षको चौथो ‘हिट’ बन्दै ‘घरज्वाइँ’ले पूरा गर्‍यो ५१औं दिन
| |

वर्षको चौथो ‘हिट’ बन्दै ‘घरज्वाइँ’ले पूरा गर्‍यो ५१औं दिन

घरेलु बक्स अफिसमा फिल्म ‘घरज्वाइँ’ नपत्याउने खोलाजस्तै बन्यो । निरन्तरको वर्षा र ठूला भारतीय फिल्मको चुनौतीका बीच गत असार २८ गतेबाट प्रदर्शनमा आएको फिल्मका गीतदेखि ट्रेलरले समेत खासै राम्रो हाइप बनाएका थिएनन् । तर, हलमा भने दर्शक ओइरिए । अन्ततः यो वर्षको चौथो हिट फिल्म बनेको छ । यसअघि ‘बोक्सीको घर’, ‘मनसरा’ र ‘पूजार सार्की’…

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त
|

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

निर्देशक तथा कलाकार दिनेशराज दाहाल (डिसी) नेपाली फिल्म क्षेत्रको सर्वोच्च निकाय चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । अबको २ वर्ष उनले बोर्ड हाँक्नेछन् । फिल्म क्षेत्रमा उनी विगत तीन दशकदेखि सक्रिय छन् । बोर्ड अध्यक्षका लागि आवेदन दिएका ६ जनामध्ये डिसीसहित…

कात्तिक १५ मा प्रदीप र पलको भिडन्त
| |

कात्तिक १५ मा प्रदीप र पलको भिडन्त

गत जेठमा आएको ठूला ‘स्टार’का दुई फिल्म (पूजार सार्की र फर्की फर्की)को भिडन्तले ठूलै तरंग ल्याएको थियो । अब एकपटक फेरि दुई ‘स्टार’का फिल्म बक्स अफिसमा आमने-सामने हुने भएका छन् । ‘पूजार सार्की’मा एकसाथ काम गरेका प्रदीप खड्का र पल शाहको फिल्मबीच भिडन्त हुन लागेको हो । आगामी कात्तिक १५ गते (लक्ष्मीपूजा)मा उनीहरुका फिल्म भिड्न…

दीपकले विराज र जितुलाई भनेका हुन् साइबर सेनाको सेनापति ?
| |

दीपकले विराज र जितुलाई भनेका हुन् साइबर सेनाको सेनापति ?

यही भदौ ४ गते हास्य अभिनेता दीपकराज गिरीले आफ्नो फेसबुक एकाउन्टमा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलासँगको एक तस्वीर सेअर गर्दै लेखेका थिए, ‘हाम्रो ध्यान कहाँ छ ? असोज २४ तिर मात्रै ।’ उनले असोज २४ भनेर आफ्नो समूहको नयाँ फिल्म ‘छक्का पञ्जा ५’को रिलिजबारे जानकारी गराएका हुन् । अरु बेलामा जस्तो उनको यो स्टाटसले कसैप्रति…

किरण केसीको दाबी- ‘हरेक कोणबाट ‘वर एन्ड वधु’ उत्कृष्ट छ’
| |

किरण केसीको दाबी- ‘हरेक कोणबाट ‘वर एन्ड वधु’ उत्कृष्ट छ’

यही भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘वर एन्ड वधु’को टिम प्रचार अभियान अन्तर्गत पूर्वका विभिन्न ठाउँमा पुगेको छ । निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकारहरू किरण केसी, आँचल शर्मा र विवेक कर्माचार्य पूर्वी जिल्ला धरान, विर्तामोड, इटहरी र विराटनगर गरी चार ठूला सहरमा पुगेका थिए । त्यहाँ उनीहरूले दर्शकसँग भेट गर्दै फिल्म…

पलको नक्कली दाह्रीलाई लिएर उठेको प्रश्नमा के भन्छन् सुदर्शन ?
| |

पलको नक्कली दाह्रीलाई लिएर उठेको प्रश्नमा के भन्छन् सुदर्शन ?

फिल्ममा कलाकारको लुक्स महत्त्वपूर्ण मानिन्छ । किनकि, लुक्सले पात्रको चरित्रलाई दर्शाउने काम गर्छ । यसैले कतिपय फिल्ममा कलाकारहरूलाई फरक चरित्रमा ढाल्न नक्कली दाह्री, जुँगा र कपालको प्रयोग गरिन्छ । यो विश्वमै हुन्छ । तर, यसको प्रयोग गर्दा नक्कली देखियो वा देखिएन भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण रहन्छ । अनुहारमा टाँसेको जस्तै देखियो भने त्यसको औचित्य रहँदैन…

‘वर एन्ड वधु’को ‘सिरी सिरी’ गीतमा आँचल र विवेकको नोकझोंक
| |

‘वर एन्ड वधु’को ‘सिरी सिरी’ गीतमा आँचल र विवेकको नोकझोंक

यही भदौ १४ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘सिरी सिरी’ बोलको गीतमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य प्रस्तुत छ । गीतमा उनीहरुको नोकझोंक देखाइएको छ । सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द रचना तथा युग भुसालको संगीत छ ।…

३० वर्षपछि फिल्ममा जुर्‍यो राजेश हमाल र सरोज खनालको सहकार्य
| |

३० वर्षपछि फिल्ममा जुर्‍यो राजेश हमाल र सरोज खनालको सहकार्य

५०/६० को दशकका सफल अभिनेताहरु हुन्, राजेश हमाल र सरोज खनाल । करिब एकै समयमा उनीहरुको उदय भएको थियो । तर, दुवैको धार अलग देखिन्थ्यो । हमाल एक्सन र पारिवारिक फिल्ममा जमे भने सरोजले ‘रोमान्टिक हिरो’को छवि बनाए । तर, करिअरको उचाइँमा रहँदा दुवैले ‘ज्वाला’, ‘परिभाषा’, ‘सडक’, ‘चाहना’ जस्ता आधा दर्जन फिल्ममा एकसाथ सहकार्य गरेका…