मेची पुलमा ब्राउनसुगरसहित दुई जोडी पक्राउ
| |

मेची पुलमा ब्राउनसुगरसहित दुई जोडी पक्राउ

झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुई जोडी पक्राउ परेका छन् । दुई युवा र दुई युवती मेची पुलमा पक्राउ परेका हुन् । हिजो साँझ ७ बजेको समयमा मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक २ सुनखरी बस्ने…

पेन्टीभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुई युवा पक्राउ
| |

पेन्टीभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुई युवा पक्राउ

झापा । पेन्टीभित्र लुकाएर ब्राउनसुगर ल्याउने दुईजना युवा झापाको मेचीनगरमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका वडा नं. ५ बस्ने २४ वर्षीय थाम बहादुर बि.क.र सोही ठाउँका २४ वर्षीय अर्जुन बि.क रहेका छन् । हिजो साँझ ६ बजेको समयमा मेचीनगर ६ स्थित मेची पुलमा लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट…

प्रहरी नायब निरीक्षक कार्कीको अर्को सफलता : तोडे गाँजा तस्करीको जालो
| |

प्रहरी नायब निरीक्षक कार्कीको अर्को सफलता : तोडे गाँजा तस्करीको जालो

धनकुटा । इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाका प्रमख प्रहरी नायब निरीक्षक जीवन कार्कीले फेरि अर्को सफलता हात पारेका छन् । ट्यांकरमा ६ सय केजी गाँजा फेला पारेर प्रदेश प्रहरी कार्यालयले माघ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको १५ दिन नबित्दै कार्कीलाई अर्को सफलता मिलेको हो । कार्कीले फेरि एम्बुलेन्समा ५२ केजी गाँजा फेला पारेका छन् ।…

एसपी केसीले कमाण्ड समालेको ४ दिनमै १८ जना फरार प्रतिवादी पक्राउ, लागुऔषध कारोबार निमिट्यान्न पार्न बिशेष अप्रेशन हुँदै
| |

एसपी केसीले कमाण्ड समालेको ४ दिनमै १८ जना फरार प्रतिवादी पक्राउ, लागुऔषध कारोबार निमिट्यान्न पार्न बिशेष अप्रेशन हुँदै

झापा । प्रहरीले झापाबाट ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका-३ का १९ वर्षीय गगन ऋषिदेव र सोही ठाउँबाट २७ वर्षीय रविन पासवान रहेका छन्। दुबैलाई प्रहरीले दमक नगरपालिका-६ बाट पक्राउ गरेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले १०२ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको केसीले जानकारी दिए। प्रहरीले बिहीबार अपराह्न…

दमक प्रहरीको सफलता : एक सय दुई ग्राम लागूऔषधसहित दुई पक्राउ
| |

दमक प्रहरीको सफलता : एक सय दुई ग्राम लागूऔषधसहित दुई पक्राउ

झापा । प्रहरीले एक सय दुई ग्राम लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकले लागूऔषधसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- ३ का १९ वर्षीय गगन ऋषिदेव र सही ठाउँका २७ वर्षीय रविन पासवान रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट…

लाखौं निक्षेप फिर्ता नगरेका उन्नति साकोसका अध्यक्ष खनालले उल्टै धम्क्याए
| | | |

लाखौं निक्षेप फिर्ता नगरेका उन्नति साकोसका अध्यक्ष खनालले उल्टै धम्क्याए

विनोद सापकोटा झापा । निक्षेपकर्ताको लाखौं रकम फिर्ता नगरी हिनामिना गरेका शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीस्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुमन खनालले उल्टै धम्की दिन थालेका छन् । झापा क्षेत्र नं.४ ‘क’ का प्रदेश सभा सदस्य राधाकृष्ण खनालका छोरा सुमनले राजनीतिक शक्तिको आँडमा सर्वसाधारणको बचत फिर्ता नगरी उल्टै गालीगलौज र धाकधम्की…

झापाका सहकारीमा बढ्यो चोरी घटना, प्रशासनको ध्यानाकर्षण
| |

झापाका सहकारीमा बढ्यो चोरी घटना, प्रशासनको ध्यानाकर्षण

झापा । झापाका विभिन्न सहकारी संस्थाहरूमा लगातार भइरहेको चोरी र तोडफोडको घटनाप्रति झापा जिल्ला सहकारी संघले जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी ४, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीलगायतका संस्थामा चोरी र तोडफोड भएको हो । अज्ञात समूह तथा व्यक्तिहरू संस्थाको…

छोरीलाई साथमा लिएर आत्मदाह गर्ने माया रम्तेलको पनि मृत्यु
| |

छोरीलाई साथमा लिएर आत्मदाह गर्ने माया रम्तेलको पनि मृत्यु

झापा । पाँच वर्षकी छोरी वर्षा विकलाई साथमा लिएर आतमदाह प्रयास गर्ने बुद्धशान्ति गाउँपालिका २ गोपालडाँडा घलेगाउँ बस्ने माया रम्तेलको पनि मृत्यु भएको छ । छोरी वर्षाको फागुन ५ गते बिहान मृत्यु भएको थियो भने राजन वि.क.की श्रीमती २८ वर्षीया माया रम्तेलको उपचारका क्रममा आज बिहान ८ बजे प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।…

झापामा ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ
| |

झापामा ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ

अर्जुनधारा । झापाको अर्जुनधारामा लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका- ११ का ३७ वर्षीया शोभा श्रेष्ठले ब्राउन सुगरको कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी बुट्टावारि र इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले सोमबार राती सवा ८ बजेको समयमा उनको घरमा छापा मारेको थियो…

 प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्ने एक युवक पक्राउ
| |

 प्राधिकरणको कर्मचारी भन्दै ग्राहक ठग्ने एक युवक पक्राउ

झापा । नेपाल विद्युत् प्राधिकरणको कर्मचारी बताउँदै ग्राहक ठगी गर्दै हिँडेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २० वर्षीय राजेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राजवंशी प्राधिकरणको कर्मचारी भन्दै ग्राहकमा पुगेपछि स्थानीयले उनलाई समातेका थिए । उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले…