अर्जुनधाराबाट भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ
| |

अर्जुनधाराबाट भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिका ७ स्थित मिलडाँडाबाट चोरी गरिएका सामान र एक थान भरुवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति अन्दाजी १०ः१० बजे मिलडाँडास्थित इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडेर चोरी भएको प्रहरी चौकी शनिश्चरेलाई शनिबार जानकारी भएको थियो । तत्काल प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएर अनुसन्धान तथा…

लागूऔषधसहित दुई व्यक्ति पक्राउ
| |

लागूऔषधसहित दुई व्यक्ति पक्राउ

झापा । भारतबाट लागूऔषध भित्र्याउने दुईजना पक्राउ परेका छन् । हिजो दिउँसो ४.४५ बजे भद्रपुर नगरपालिका वडा न.९ निन्दा खोलाको पुलमा प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भद्रपुर नगरपालिका वडा न.९ घोडामारा बस्ने ४६ वर्षीय अरेन्जय राजवंशी र सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण राईलाई…

अखडा बन्यो बिर्तामोडः जुवातास खेल्दै लागूऔषध बेच्दै
| |

अखडा बन्यो बिर्तामोडः जुवातास खेल्दै लागूऔषध बेच्दै

झापा । झापाको बिर्तामोडमा जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा चारजना पक्राउ परेका छन् । गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा न.–७ घर भई बिर्तामोड नगरपालिका वडा न. ५ स्थित सुब्बा चौक खानेपानी ट्याङकी छेउ बस्ने तिलकचन पनेरुको घरमा डेरा गरी बस्ने ३२ वर्षीय बिजय मगरको डेरामा त्यसरी जुवातास खेल्दै लागूऔषध बेच्दै गरेको भेटिएको हो ।…

लागूऔषधसहित भुटानी शरणार्थी महिला पक्राउ
| |

लागूऔषधसहित भुटानी शरणार्थी महिला पक्राउ

झापा । लागूऔषधसहित एकजना भुटानी शरणार्थी महिला पक्राउ परेकी छन् । हिजो साँझ ७ः३० बजे दमक नगरपालिका वडा न. ३ बेलडाँगी शिविर बस्ने २३ वर्षीया प्रमिला गुरुङ लागूऔषधसहित पक्राउ परेकी हुन् । उनले अवैध रुपमा लागूऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बाघखोरबाट टोली खटिएर चेकजाँच गर्दा उनको साथबाट प्लाष्टिकसहित १ ग्राम ६६०…

लागूऔषधसहित बिर्तामोड १० का गुरुङ पक्राउ
| |

लागूऔषधसहित बिर्तामोड १० का गुरुङ पक्राउ

झापा । लागूऔषधसहित बिर्तामोड १० का ३४ वर्षीय बिशाल गुरुङ पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं. ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेका प्रदेश.१–०१–०१७ प. ५८६ नम्बरको स्कुटर चालक गुरुङलाई लागूऔषधसहित पक्राउ गरेको हो । शंका…

प्रभु बैंकको मुद्दतीमा राखियो एक करोड १० लाख, खातामा देखियो २ लाख !
| | |

प्रभु बैंकको मुद्दतीमा राखियो एक करोड १० लाख, खातामा देखियो २ लाख !

बिर्तामोड । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखामा मुद्दतिमा राखिएको एक करोड बढी रकम अवधि पूरा भएपछि झिक्न जाँदा नरहेको पाइएको छ । उक्त बैंकमा झापा बिर्तामोड–७ की मञ्जु नेपालको नाममा रहेको खातामा ०१२०२२७२६०७०००४२ नम्बरको खातामा छ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैंकमा राखेको जनाइएको छ । उक्त…

बिर्तामोडमा लागूऔषधसहित तीन युवा पक्राउ
| |

बिर्तामोडमा लागूऔषधसहित तीन युवा पक्राउ

झापा । लागूऔषधको ‘हब’ बन्दै गएको झापाको बिर्तामोडमा लागूऔषधसहित तीन युवा पक्राउ परेका छन् । हिजो साँझ ५ बजे बिर्तामोड नगरपालिका वडा न. १ बिर्तासिटी अस्पताल परिसरभित्र शंकास्पद अवस्थामा हिँडडुल गरिरहेका तीन युवालाई लागूऔषधसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका वडा नं.६ बस्ने २४ वर्षीय अनिष चौधरी, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज…

लागूऔषधसहित दमकका तीन युवा पक्राउ
| |

लागूऔषधसहित दमकका तीन युवा पक्राउ

झापा । सीमावर्ती झापा गाउँपालिकाबाट लागूऔषधसहित दमकका तीन युवा पक्राउ परेका छन् । हिजो दिउँसो ३.१० बजे झापा गाउँपालिका वडा न. १ सालमारामा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले को.३२ प.८९७४ नम्वरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा दमक नगरपालिका वडा न.१२ बस्ने २६ वर्षीय मनिश थापाले प्रहरीलाई देख्नासाथ कालो प्लाष्टिकको पोका भुइँमा फाली…

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा एक थुनुवाको मृत्यु
| |

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा एक थुनुवाको मृत्यु

झापा । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेका एक थुनुवाको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मृत्यु भएको छ । बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्काको त्यही मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका वडा…

अर्जुनधाराकाे धान खेतमा एक पुरूष मृत भेटिए
| |

अर्जुनधाराकाे धान खेतमा एक पुरूष मृत भेटिए

झापा । झापाको अर्जुनधारा नगरपालिका-१ स्थित धान खेतमा एक व्यक्ति मृत फेला परेका छन् । अर्जुनधारा १ नम्बर वडा कार्यालयनजिकै धान खेतको पानीमा घोप्टो परेको अवस्थामा एक व्यक्ति मृत फेला परेको वडा अध्यक्ष उपेन्द्र बस्नेतले जानकारी दिए । मृतककाे नाम भने खुलेको छैन । बिहान ७.३० बजेतिर घटनाको खबर प्राप्त भएको र आफू नेतृत्वको टोली…