मौसम परिरवर्तन हुँदा किन पर्छन् ?
| |

मौसम परिरवर्तन हुँदा किन पर्छन् ?

अहिलेको मौसममा बच्चाहरु हप्तै पिच्छेजसो बिरामी परिरहन्छन् । बच्चाहरुलाई यो मौसममा कहिले ज्वरो आउने, खोकी लाग्ने, जिउ दुख्ने, खाना मन नगर्ने जस्ता समस्याले अभिभावकलाई हैरान हुन्छन्। अहिले धेरै बच्चाहरु बिरामी परिराख्नुको मुख्य कारण भनेको मौसम परिवर्तन हो। बच्चामा रोगसँग लड्न सक्ने क्षमतामा कमी हुने हुनाले बच्चाहरुलाई छिटो भाइरसले समात्ने गर्छ र  धेरै बिरामी पर्ने गर्दछन्। …

रक्सी पिउँदा चिसो भाग्छ ?
| |

रक्सी पिउँदा चिसो भाग्छ ?

एजेन्सी काठमाडौँ । ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ हरेक पार्टी वा भोजमा बज्ने गीत हो । रक्सीमाथि यस्ता अनेकौँ गीत बनेका छन् । यी गीतको लोकप्रियताले रक्सीप्रति मान्छेको रुचि देखाउँछ । रोचक कुरा त के छ भने वर्षौँदेखि चुरोट र रक्सीको प्याकेट/बोतलमा रक्सी सेवन गर्दाका हानिबारे खुबै प्रचार पनि गरिएको छ । तर रक्सी पिउने…

देशभर १९ हजारमा डेङ्गु संक्रमण, नाै जनाकाे मृत्यु
| |

देशभर १९ हजारमा डेङ्गु संक्रमण, नाै जनाकाे मृत्यु

काठमाडौं । देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ ।…

बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो बर्षमा, पत्रकारका छोराछोरीको उपचारमा बिषेश छुटको घोषणा
| |

बिर्तामोड चिल्ड्रेन हस्पिटल तेस्रो बर्षमा, पत्रकारका छोराछोरीको उपचारमा बिषेश छुटको घोषणा

बिर्तामोड । झापा कै पहिलो बाल अस्पतालको रुपमा स्थापित बिर्तामोड चिल्ड्रेन हस्पिटलले एक बर्षको अवधिमा २१७७ जनाको सफल उपचार गरेको छ । तेस्रो बार्षिकोत्सवको अवसरमा बिहीबार हस्पिटलले पत्रकार सम्मेलन आयोजना गरी सो जानकारी गराएको हो ।  २०७९ असोज १० गतेदेखि बिर्तामोड-१ मा सेवा प्रारम्भ गरेको अस्पतालले गत एक बर्षको अवधिमा २१७८ जना बिरामीलाई भर्ना गरी उपचार गरेकोमा १ जना बिरामीको मात्र मृत्यु भएको जनाएको छ । सफल उपचार भएको बिरामीको संख्या ९९.९ प्रतिशत रहेको अस्पतालका प्रबन्ध निर्देशक डा. रुपक आचार्यले जानकारी दिए । गत वर्ष अस्पतालले २७५९ जनालाई ओपिडी र १०७४ जनालाई इमर्जेन्सी सेवा दिएको डा. आचार्यले बताए । भर्ना भएका मध्ये ३ प्रतिशत बिरामीलाई मात्र आइसीयुमा राख्नु परेकोपनि उनले जानकारी दिए । अस्पतालले अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजीको सेवा २४सै घण्टा उपलब्ध गराइरहेको उनले बताए । अस्पतालमा अधिकांश एक बर्ष मुनिका नवजात शिशु आउने भएकाले उपचार प्रक्रियामा अत्यन्तै संवेदनशिल हुनु परेको अस्पतालले जनाएको छ । अस्पतालले बालबालिकामा देखा पर्ने मेनेन्जाईटिस, मुटुको रोग, दिमागमा अक्सिजनको कमी, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजमसमेत पहिचान गरिरहेको डा. आचार्यले बताए ।  एक वर्षको अवधिमा अस्पतालले सेवाग्राहीलाई २४ लाख २४ हजार ३९० रुपैयाँ छुट सुविधा दिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. सुजता मैनाली आचार्यले जानकारी दिईन् । दक्ष जनशक्ति विदेश पलायन भइरहेको, बिरामी उपचारका लागि कष्ट व्यहोरेर अन्यत्र जानु परिरहेको परिस्थितिलाई मध्यनजर गरी आफ्नै ठाउँमा अस्पताल खोलेर सेवा दिनुका साथै रोजगारीसमेत सिर्जना गरौँ भन्ने पवित्र उद्धेश्यले बाल अस्पताल सञ्चालन गरिएको अस्पतालका अध्यक्ष लीला मैनालीले बताइन् । अध्यक्ष लीला मैनालीले पत्रकारका छोराछोरीको उपचारमा बिषेश छुट दिने घोषणा समेत गरिन् ।

बिर्तामोड नगर अस्पताललाई टेरी मिकेस्का फाउन्डेसनको ‘डिफिब्रिलेटर मेसिन’
| |

बिर्तामोड नगर अस्पताललाई टेरी मिकेस्का फाउन्डेसनको ‘डिफिब्रिलेटर मेसिन’

बिर्तामोड । झापाको बिर्तामोड नगरअस्पताललाई टेरी मिकेस्का फाउन्डेसन टेक्सस अमेरिकाले डिफिब्रिलेटर मेसिन हस्तान्तरण गरेको छ । नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच फाउन्डेसनका प्रमुख टेरी मिकेस्काले नगरप्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पवित्रा महतारा प्रसाईंलाई मेसिन हस्तान्तरण गरे । डिफिब्रिलेटर मुटुको धड्कन नभएको अवस्थामा प्रयोग गरिने कार्डियोअरेस्ट प्रविधि हो । उक्त मेसिन ६ हजार अमेरिकी…

अर्जुनधारामा पूजाको प्रसादी खाएर फुड पोइजन घटना : १० जना विरामीमा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला
| |

अर्जुनधारामा पूजाको प्रसादी खाएर फुड पोइजन घटना : १० जना विरामीमा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला

बिर्तामोड । झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेहरुमध्ये २५ जना व्यक्तिको दिसा परीक्षण गर्दा १० जनामा इन्टामिवा हिस्टोलाइटिका नामक किटाणु फेला परेको छ । शनिश्चरे अस्पतालले आज गरेको दिसा परीक्षणबाट किटाणु फेला परेको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए । यस्तै, थप १५ जना विरामीको दिसाकोे कल्चर जाँच गर्न मेची प्रादेशिक अस्पताल भद्रपुर…

अनार जुसमा भेटियो लेदो
| |

अनार जुसमा भेटियो लेदो

झापा । बङ्गलादेशको ढाकाबाट उत्पादन हुने प्राण डेयरी कम्पनीका पेय पदार्थ (जुस) मा लेदो भेटिएको छ । स्वास्थ्यका लागि हानिकारक हुने गरेको तथ्य फेला परेको प्राण कम्पनीका पेय पदार्थहरू नेपालमा आधिकारिक रुपमा डिलर सीप लिएर बेचबिखन गर्दै आइरहेको छ । घटना विवरण अनुसार मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीका लागि आफन्तजनले ल्याएको प्राण लेखिएको अनार जुसमा बुधबार…

मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु
| |

मनमोहनमा पाठेघरको शल्यक्रियापछि बृद्धाको मृत्यु

झापा । झापा बिर्तामोडको मनमोहन हस्पिटलमा पाठेघरको शल्यक्रियापछि एक बृद्धाको मृत्यु भएको छ । मेचीनगर ३ की ६४ वर्षीया सुकमाया लिम्बूको मृत्यु भएको हो । पाठेघरमा समस्या भएर सुकमायालाई हिजो साँझ ५ बजे मनमोहन हस्पिटलमा भर्ना गरिएको थियो । उनको राति २ बजे शल्यक्रिया गरिएकोमा आज दिउँसो १ बजे मृत्यु भएको हो । विरामीको मृत्युपछि…

बिर्तामोडमा विक्री लागि ल्याइएको ७० घरी काँचो केरा खान अयोग्य
| |

बिर्तामोडमा विक्री लागि ल्याइएको ७० घरी काँचो केरा खान अयोग्य

बिर्तामोड । दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषिथोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ । आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले…

स्पाइन एक्स सुपरस्पेसलिटी हस्पिटल बिर्तामोडको लापरबाहीले बिरामीको मृत्यु
| |

स्पाइन एक्स सुपरस्पेसलिटी हस्पिटल बिर्तामोडको लापरबाहीले बिरामीको मृत्यु

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ भगवान् चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एन्ड ट्रमा सेन्टरको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरू आन्दोलित भएका छन् । एनेस्थेसिया सम्बन्धी चिकित्सकबिना नै हेल्परले अप्रेसन गर्दा बिरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् । दुर्घटनामा परी घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका-२ पल्लोटारमा बस्दै आएका…