झापामा हात्तीपाइले रोग निवारण अभियान सुरु, जनप्रतिनिधिदेखि सुरक्षा निकायका प्रमुख समेतले खाए औषधि
झापा । झापामा हात्तीपाइले रोग निवारण अभियान आजदेखि सुरु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाले शुक्रबार पत्रकारहरूसँग गरेको अन्तरक्रिया कार्यक्रम पश्चात् हात्तीपाइले रोगविरुद्धको आम औषधि खुवाउने अभियानको शुभारम्भ गरेको हो । कोशी प्रदेश सांसद छविलाल चुडाँल, जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, उपप्रमुख शान्ता रोक्का, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतले सुरक्षा निकायका प्रमुख,…