शान्ति सम्झाैताकाे १८ वर्ष : सत्तामा रहने होडबाजीले सङ्क्रमणकालीन न्याय प्रभावित
| |

शान्ति सम्झाैताकाे १८ वर्ष : सत्तामा रहने होडबाजीले सङ्क्रमणकालीन न्याय प्रभावित

काठमाडाै नेपाल सरकार र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको छ । शान्ति सम्झौताकै आधारमा मुलुक संविधानसभा हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेसँगै सङ्घ, प्रदेश र स्थानीय तहमा दुईपटक निर्वाचन भई मुलुक विकास तथा समृद्धिको यात्रामा अघि बढिरहेको छ । सम्झौतामा छ महिनाभित्र टुङ्ग्याउने भनिएको…

चारआली खानेपानी चुनाव-कांग्रेस,एमाले चिलिम, अध्यक्षमा माओवादीका चिमरिया विजयी
| |

चारआली खानेपानी चुनाव-कांग्रेस,एमाले चिलिम, अध्यक्षमा माओवादीका चिमरिया विजयी

चारआली । मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अध्यक्षमा राजन चिमरिया विजयी हुने सुनिश्चित रहेको छ । संस्थाको अहिले भर्खरैको प्रारम्भिक नतिजा अनुसार १३८१ मत गणना हुँदा अध्यक्षमा नेकपा माओवादी केन्द्रका साझा समूहका उम्मेदवार चिमरियाको ७००, काँग्रेसका बालकुमार विष्टको २३३ र एमालेका सन्तोष मेचेको ३८० मत ल्याएका छन् । अध्यक्षमा मेचेका भन्दा…

कन्काई ६ मा जनमत पार्टीको उम्मेदवारी घोषणा
| |

कन्काई ६ मा जनमत पार्टीको उम्मेदवारी घोषणा

झापा । आगामी मंसिर १६ गते झापाको कन्काई ६ मा हुन गइरहेको उपनिर्वाचनका लागि जनमत पार्टीले उम्मेदवारी घोषणा गरेको छ । आज बिहान कन्काई –६ स्थित चम्पापुर बजारमा जनमत पार्टीका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य डा. सि.के. राउतको प्रमुख आतिथ्यतामा कन्काई ६ को वडाध्यक्ष पदको निर्वाचनका लागि शुकलाल राजवंशीलाई उम्मेद्वार घोषणा गरिएको हो । उम्मेदवारी…

चारआली खानेपानीको निर्वाचनमा त्रिपक्षीय भिडन्त
| |

चारआली खानेपानीको निर्वाचनमा त्रिपक्षीय भिडन्त

लक्ष्मी उप्रेती चारआली । झापाको मेचीनगरस्थित चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्वका लागि त्रिपक्षीय भिडन्त हुने भएको छ । सत्ता साझेदार पार्टी नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै निर्वाचनमा होमिएका छन् । नेपाली काँग्रेसको लोकतान्त्रिक समूह, नेकपा एमालेको प्रगतिशील समूह तथा नेकपा माओवादी केन्द्रसहित अन्य दलको साझा समूहबीच चुनावी प्रतिस्पर्धा हुने…

नेकपा (एस) इलाम अध्यक्षमा आरबी राई
| |

नेकपा (एस) इलाम अध्यक्षमा आरबी राई

इलाम । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इलामको जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन् । शनिबार इलाम सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५ औं पूर्ण बैठकले राईलाई आयोजक कमिटी अध्यक्षम्को जिम्मेवारी दिएको हो । सूर्याेदय नगरपालिकाको नगरप्रमुख रहेका राई यसअघि जिल्ला सचिवालय सदस्य थिए । बैठकले एक सय १५ सदस्यीय आयोजक कमिटी गठन…

नेकपा एमाले इलामको अधिवेशन कार्तिक २९ र ३० गते, ५ सय ८३ जना प्रतिनिधि छनौट
| |

नेकपा एमाले इलामको अधिवेशन कार्तिक २९ र ३० गते, ५ सय ८३ जना प्रतिनिधि छनौट

इलाम । नेकपा एमाले इलामको ११औं जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनौट सम्पन्न भएको छ । कार्तिक २९ र ३० गते हुने जिल्ला अधिवेशनका लागि ५ सय ८३ जना प्रतिनिधि छनौट भएका हुन् । एमाले इलामले ८१ वटा वडा कमिटी, २२ वटा जनसंगठन तथा पेशागत संगठन, ३ वटा इलाका कमिटी, शाखा कमिटी र एउटा विशेष वडा…

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै
| |

रास्वपा सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै

कास्की । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ । लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मंगलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएकाे हाे । जोशी असोज ६ देखि हिरासतमा…

जग्गाको विरोध गरेका नेताहरुलाई एमालेको सात दिने पुर्जी
| |

जग्गाको विरोध गरेका नेताहरुलाई एमालेको सात दिने पुर्जी

काठमाडौ । नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध गरेका नेताहरुलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । महासचिव शंकर पोखरेलको हस्ताक्षर रहेको पत्रमा सात दिनभित्र लिखित जवाफ पेश गर्न भनिएको छ । पार्टीका पूर्वउपाध्यक्ष भीम बहादुर रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण…

प्रहरीको गाडीमा छिर्नुअघि रविले बजाए घण्टी, कार्यकर्ताले लगाए चर्का नारा
| |

प्रहरीको गाडीमा छिर्नुअघि रविले बजाए घण्टी, कार्यकर्ताले लगाए चर्का नारा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले काठमाडौंको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको छ ।  उनलाई आजै स्थलमार्ग हुँदै कास्की लगिँदैछ । लामिछानेले प्रहरी भ्यानमा चढ्नुअघि कार्यकर्तालाई छोटो सम्बोधन गरेपछि घण्टी बजाएका हुन् । कार्यकर्ताले भने प्रधानमन्त्रीविरुद्ध चर्का नाराबाजी गरेका छन् । उनीहरुले केपी चोर, देश…

रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी
| |

रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक पोखरामा सुरु भएको छ ।  काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो । सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ…