शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता नवीकरण नगर्न निर्देशन
| |

शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता नवीकरण नगर्न निर्देशन

झापा । झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिका मातहतका शिक्षक र कर्मचारीलाई पार्टी सदस्यता नवीकरण नगर्न निर्देशन दिएका छन् । नेपाली कांग्रेसका कोशी प्रदेश समिति सदस्यसमेत रहेका पालिका प्रमुख राईले कांग्रेससम्बद्ध शिक्षक र पालिका मातहतका कर्मचारीहरुलाई पार्टी क्रियाशील सदस्यता नविकरण नगर्न सार्वजनिक रुपमै निर्देशन दिएका हुन् । अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्य धमाधम नवीकरण…

आरजु पहिलो महिला प्रधानमन्त्री बन्ने ?
| |

आरजु पहिलो महिला प्रधानमन्त्री बन्ने ?

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्ड र केपी ओली दुबैबाट पालैपालो आएको प्रधानमन्त्री बन्ने अफरलाई किन सर्लक्क स्वीकार नगरेको होला ? यो प्रश्न नयाँ सत्ता समीकरणको चर्चा शुरू हुँदै गर्दादेखि नै अनुत्तरित छ । तर, देउवाको शैली बुझ्ने कांग्रेसकै केही उच्चस्तरीय नेताले आपसमा गरेको बातचितले भने उहाँको खास योजना के रहेछ भन्ने संकेत गर्छ…

दश भाइका दुःख
| |

दश भाइका दुःख

अघिल्लो गठबन्धनका सहयोद्धा पुष्पकमल दाहाल प्रचण्डको विरोधमा केपी ओलीले एकताकाको दशभाइ मध्येका योगेश भट्टराईलाई संसदबाट बोल्न लगाउनुभयो । १० भाइमध्येकै अर्का सचिव गोकर्ण विष्टलाई भने विश्वासको मत लिँदा आफ्नो समर्थनमा भाषण गर्न लगाइयो । अध्यक्ष ओलीका निम्ति ज्यानै फालेर लाग्ने गोकुल बाँस्कोटा, विनोद ढकाल र महेश बस्नेतहरू लाखापाखा भएपछि अहिले दशभाइ भनी डामिएका नेताहरुमाथि भुक्तमान…

विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता माओवादी केन्द्रमा
| |

विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता माओवादी केन्द्रमा

बिर्तामोड । नेकपा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको हो । पार्टी प्रवेश गर्नेमा विभिन्न दलको उच्च पदमा रहेकाहरु छन् । टाइसन केरुङ, दिपेन लिम्बु, दिपेन जबेगु, तेन्जिङ लामा, राजभक्त योङ्ग्या, छवि गहतराज,जय सुब्बा, नर्वदा कार्की…

एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा झापाका ६ जना
| |

एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा झापाका ६ जना

झापा । नेकपा एकीकृत समाजवादीले ३४४ जनाको केन्द्रीय कमिटीको नाम शुक्रबार घोषणा गरेको छ । त्यसमा झापाका ६ जना परेका छन् । झापाबाट पुष्प पोख्रेल, निलमणि बराल,चन्द्रा श्रेष्ठ, भाष्कर काफ्ले,अशेष घिमिरे र सविता भेटवाल केन्द्रीय सदस्य चयन भएका हुन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको कार्यदलले केन्द्रीय कमिटी सदस्यको…

कचनकवल गाउँपालिकाको बेथितिविरुद्ध उत्रियो माओवादी केन्द्र
|

कचनकवल गाउँपालिकाको बेथितिविरुद्ध उत्रियो माओवादी केन्द्र

झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा बढ्दो बेथितिविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गम्भीर ध्यानाकर्षण भएको छ । माओवादी केन्द्र कचनकवल गाउँपालिका कमिटीले यस क्षेत्रका जनताको गुणस्तरीय निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगार, कृषि मल बिउँ अनुदान एवम् उचित मूल्यमा उत्पादन खरिद साथै समग्र गाउँपालिकाको विकास र समृद्धि आकांक्षाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै लिखित रूपमै सूचनाको विवरण माग गरेको छ…

राज्यमन्त्री लिएर नाउपा सरकारमा, कांग्रेसबाट दुइजना थपिए
| |

राज्यमन्त्री लिएर नाउपा सरकारमा, कांग्रेसबाट दुइजना थपिए

कामाडौँ । कांग्रेस-एमाले गठबन्धन सरकारमा नागरिक उन्मुक्ति पार्टी सहभागी भएको छ । एक राज्यमन्त्री लिएर नाउपा आज सरकारमा गएको हो ।  नाउपाका अरुण कुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । उनलाई नेपाली कांग्रेसले सम्हालेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनाइएको छ ।  त्यस्तै, कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ क्रमश: वन तथा वातावरण र…

छ दलले बुझाए मेचीनगर नगरपालिकामा २१ बुँदे ज्ञापनपत्र
| |

छ दलले बुझाए मेचीनगर नगरपालिकामा २१ बुँदे ज्ञापनपत्र

मेचीनगर । मेचीनगर नगरपालिकाको नेतृत्व स्वेच्छाचारी बनेको भन्दै विपक्षी छ वटा दलले विरोध जनाएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले आज विहान नारा जुलुससहित नगरपालिकामा २१ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । मेचीनगरपालिकाले बिना पूर्वतयारी पूर्वाधार उपयोग दैनिक सवारी कर लागू…

एमालेमा व्यापक मनोनयन : माधवको साथ छाडेकालाई उपहार
| |

एमालेमा व्यापक मनोनयन : माधवको साथ छाडेकालाई उपहार

काठमाडौँ । नेकपा एमालेमा व्यापक मनोनयनदेखि जिम्मेवारी हेरफेरसम्मका निर्णय भएका छन् । बिहीबार बसेको एमाले सचिवालय बैठकले गुरु बराललाई उपाध्यक्ष पदमा मनोनयन गरे गर्ने निर्णय गरेको छ । महासचिव शङ्कर पोखरेलका अनुसार रिक्त उपाध्यक्ष पदमा बराललाई मनोनीत गर्ने निर्णय भएको हो । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि सो पद रिक्त रहेकामा हाल आएर पूर्ति गरिएको हो…

झापामा पाँचसय जनाबढी माओवादीमा प्रवेश गर्दै
| |

झापामा पाँचसय जनाबढी माओवादीमा प्रवेश गर्दै

बिर्तामोड । झापामा पाँच सय जनाभन्दा बढी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्ने भएका छन् । नेकपा (माओवादी) केन्द्र झापाले आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विभिन्न पार्टी परित्याग गरी पाँच सय जनाभन्दा मानिस पार्टीमा प्रवेश गर्न लागेको जनाएको छ । नवप्रवेशीहरुलाई स्वागत गर्न यही साउन १९ गते बिर्तामोडमा ‘पार्टी प्रवेश तथा स्वागत कार्यक्रम’ गर्न…