गोलिया बोकेको ट्रक इलाममा दुर्घटना, दुईजना गंभीर घाइते
|

गोलिया बोकेको ट्रक इलाममा दुर्घटना, दुईजना गंभीर घाइते

झापा । काठको गोलिया बोकेको ट्रक इलाममा दुर्घटना भएको छ । आज बिहान अन्दाजी २ बजे इलाम सूर्योदय– १० जोगमाई खोलास्थित फिक्कल– नाम्सालिङ कच्ची भित्री सडकखण्डमा नाम्सालिङबाट फिक्कलतर्फ आउँदै गरेको मे १ ख १९६६ नं. को काठको गोलिया लोड भएको ट्रक पल्टिएको हो । ट्रक अचानक अनियन्त्रित भई भिरबाट अन्दाजी ८सय मिटर तल झरेर दुर्घटना…

पैनीमा डुबेर बिर्तामोडमा वृद्धाको मृत्यु
|

पैनीमा डुबेर बिर्तामोडमा वृद्धाको मृत्यु

बिर्तामोड । पैनीमा डुबेर बिर्तामोड– ६ की एक वृद्धाको मृत्यु भएको छ । आज दिउँसो अन्दाजी १ बजे बिर्तामोड– ६ बुट्टावारी बस्ने अन्दाजी ७८ वर्षीया इन्द्रमाया राईको घरनजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो । डुबिरहेको अबस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो…

‘दाना’ चक्रवातको असर कोशी प्रदेशमा
| |

‘दाना’ चक्रवातको असर कोशी प्रदेशमा

झापा । देशभर पश्चिमी साथै स्थानीय वायुको प्रभाव रहिरहेको बेला कोशी प्रदेशमा बङ्गालको खाडीमा विकसित चक्रवात “दाना” को प्रभाव समेत बढेको छ। आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एक–दुई…

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई  अर्थमन्त्रीको अनुरोध
| |

नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई  अर्थमन्त्रीको अनुरोध

वासिङ्टन डिसी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गर्नुभयो । अमेरिकी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको छलफलमा उहाँले नेपालको भौतिक पूर्वाधार, पर्यटन, कृषि, ऊर्जालगायत क्षेत्रमा लगानी गरेर लाभ लिन अनुरोध गर्नुभयो । नेपाल उद्योग…

श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल समूह विजेता बन्यो
| |

श्रीलंकाको पोष्टमा ६ गोल गर्दै नेपाल समूह विजेता बन्यो

झापा । साफ वुमन्स च्याम्पियनसीपमा नेपालले श्रीलंकामाथि ६–० को जित निकालेको छ । यससँगै नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेस गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई समुह बिजेता बन्न कम्तिमा ६–० को जित चाहिएको थियो । नेपालले समूहमा…

मानेभन्जयाङ फाइनलमा प्रवेश
| |

मानेभन्जयाङ फाइनलमा प्रवेश

मेचीनगर । पाहुना टोली मानेभन्जयाङ फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार धुलाबारी नुमना माविको खेल मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा ४÷३ गोल अन्तरको जित निकाल्दैे मानेभन्जयाङले फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा १÷१ को बराबरीमा खेल सकिएपछि निर्णयका लागि खेललाई सोझै टाइब्रेकरमा लगिएको थियो…

दुई महिनामा वर्षाले पाएको हिट र फ्लप
| |

दुई महिनामा वर्षाले पाएको हिट र फ्लप

अभिनेत्री वर्षा सिवाकोटीले निजी जीवन र फिल्मी करिअरमा ठूलो आरोह-अवरोह झेलेकी छन् । वैवाहिक जीवन एक वर्ष नपुग्दै टुंगियो । डेब्यु फिल्म ‘नाइँ नभन्नू ल २’ र दोस्रो फिल्म ‘पशुपति प्रसाद’पछि उनका १२ वटा फिल्म श्रृंखलाबद्ध रुपमा असफल भए । जसले उनको करिअर नै संकटग्रस्त बनायो । तर, ‘प्रतिक्षाको फल मीठो हुन्छ’ भनेझैँ वर्षाले ७…

दुर्घटनापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु
| |

दुर्घटनापछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु

झापा । कमल गाउँपालिकाको कर्खामा दुर्घटना भएपछि हिजो साँझदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग करिव १२ घण्टापछि सुचारु भएको छ । पीडित पक्षसंग ४ बुँदे सहमति भएपछि अहिले बिहान ५ बजेदेखि राजमार्ग सुचारु भएको हो । गएराति ९ बजेदेखि आज बिहान २ः३० बजेसम्म कमल–३ स्थित केर्खा बजारमा रहेको वडा नं– ३ का वडाध्यक्ष अग्नी कोइरालाको घरमा कमल…

हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि केर्खामा दर्जनौँ सेल अश्रुग्याँस प्रहार, आठ प्रहरी घाइते
| |

हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि केर्खामा दर्जनौँ सेल अश्रुग्याँस प्रहार, आठ प्रहरी घाइते

झापा । हजुरबुवा र नातिनीको दुर्घटनामा मृत्यु भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले झापाको केर्खामा दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरेको छ । नेपाल प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्याँस फायर गरेको हो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् । आक्रोशित स्थानीयले…

रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु, आक्रोशितले गरे प्रहरी विटमा आगजनी
|

रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु, आक्रोशितले गरे प्रहरी विटमा आगजनी

झापा । झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् ।…