हात्ती आक्रमणबाट मदनपुरका तामाङको घर भत्कियो
|

हात्ती आक्रमणबाट मदनपुरका तामाङको घर भत्कियो

झापा । हात्तीको आक्रमणबाट अर्जुनधारा–३ मदनपुरका बलबहादुर तामाङको घर भत्किएको छ । बिहिवार बिहानको राती २ बजे ३ वटाको समुहमा आएको जंगलीले तामाङको एक तले कच्ची घर भत्काएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा इन्स्पेक्टर ढुण्डिराज गिरीले जानकारी दिए । घरमा रहेको सबै धान, चामल खाएर हात्ती जंगल तर्फ फर्किकोले कुनै मानविय क्षती नएको…

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते
|

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ३० घाइते

चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको  मृत्यु भएको छ। आज बिहान महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली  यातायातद्वारा  सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेको थियो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। मृतकको…

प्रधानमन्त्री कार्यालयमा नयाँ संगठनात्मक संरचना
| |

प्रधानमन्त्री कार्यालयमा नयाँ संगठनात्मक संरचना

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम) स्वीकृत भएको छ । यससँगै कार्यालयमा कर्मचारीको दरबन्दी संरचना फेरबदल भएको छ ।  नयाँ संगठन संरचनाले दुई सचिव र एक सहसचिवसहित ६८ जनाको दरबन्दी कटौती भएको छ । अब कार्यालयमा एक सय ७२ जनाको दरबन्दी कायम गरिएको छ ।  डेढ महिनाअघि नै मन्त्रिपरिषद्ले संगठन संरचना स्वीकृत…

बिहीबार काेशीमा सामान्य वर्षा
| |

बिहीबार काेशीमा सामान्य वर्षा

काठमाडौं। पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज (बिहीबार) देखि मौसममा क्रमिक सुधार हुँदै जानेछ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश खुलिसकेको उनले जानकारी दिनुभयाे । उक्त मौसमी प्रणाली देशको पश्चिम भेगबाट क्रमशः पूर्वीभेगतिर सरिरहेकाले आज रातिसम्म…

इन्स्पेक्टर बोगटीको सेटिङमा तस्कर छोडियो
| |

इन्स्पेक्टर बोगटीको सेटिङमा तस्कर छोडियो

झापा ।  केही महिनाअघि बोर्डरबाटै भारतीय रुपैयाँसहित पक्राउ परेका दुई युवकलाई छाडेको घटना सेलाउन नपाउँदै वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवकलाई पनि त्यतिकै छाडिदिएको छ।  वडा प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी ७ बजेको समयमा नेपाल-भारत सीमा पिलर ९९ बाट भन्सार छलेर सामान ओसार्ने भद्रपुर नगरपालिका-५ का एक्का…

एसपी सरूवा, झापामा केसी
|

एसपी सरूवा, झापामा केसी

झापा । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी उपरीक्षकको रुपमा मिलन केसी आउने भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसनधान शाखाबाट केसी झापाको प्रमुखको रुपमा आउन लागेका हुन् । प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ । सरुवा सूची अनुसार २३ जिल्लाका इन्चार्ज परिवर्तन भएका छन् । झापाका एसपी दुर्गाराज रेग्मीको बाग्मती प्रदेश…

ललितानिवास प्रकरण : आज फैसलाको तयारी
|

ललितानिवास प्रकरण : आज फैसलाको तयारी

काठमाडाैं । बहुचर्चित ललितानिवास जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले बुधबार (आज) फैसला दिने तयारी गरेको छ । मंगलबार दुवैतर्फ र जवाफी बहससमेत सकिएपछि बुधबार फैसलाको तयारी भएको हो ।  विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाउँदै छ । ‘बहस सकिइसकेको छ । तर, बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः…

मन्त्रालयको विकास खर्च १५ % भन्दा कम
| |

मन्त्रालयको विकास खर्च १५ % भन्दा कम

काठमाडौँ  । चालु बर्षको आधा अवधि पार भइसक्दा समेत करिब एक दर्जन मन्त्रालयको पुँजीगत खर्च ज्यादै न्यून देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ मन्त्रालयमध्ये ११ वटाले पुँजीगत खर्च १५ प्रतिशतसमेत कटाउन सकेका छैनन् ।  सबैभन्दा कम खर्च गर्नेमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छ । यस मन्त्रालयका लागि पुँजीगततर्फ २ अर्ब ३० करोड १६ लाख रुपैयाँ…

आज श्रीपञ्चमी पर्व मनाइँदै, वसन्त ऋतुको प्रारम्भ
| |

आज श्रीपञ्चमी पर्व मनाइँदै, वसन्त ऋतुको प्रारम्भ

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । आजको दिन बालबालिकालाई शिक्षारम्भ गराउने, नाक कान छेडाउने तथा सङ्गीत कला जस्ता विधा सिक्न शुभ दिन मानिन्छ । यस दिन विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य गर्दा गराउँदा साइत पर्खन नपर्ने प्रचलन पनि छ ।  देवी भागवत र…

भद्रपुर नगर प्रहरीद्वारा देउनियाँ खोलाबाट अवैध काठ बरामद
| |

भद्रपुर नगर प्रहरीद्वारा देउनियाँ खोलाबाट अवैध काठ बरामद

भद्रपुर । भद्रपुर नगर प्रहरीले देउनियाँ खोलाबाट अवैध काठ बरामद गरेको छ । नदीजन्य पदार्थ चोरी निकासी नियन्त्रणका लागि खटिएका नगर प्रहरीले मङ्गलवार बिहान ५ बजे भद्रपुर- ३ स्थित देउनियाँ खोलामा बालुवाले छापेर राखेको ७ वटा गोलिया काठ बरामद गरेको हो । सखुवा र टिक जातको अन्दाजी ४० किवी काठ बरामद गरिएको नगर प्रहरीका असई चन्द्र…