कोशी प्रदेश-सुविधा वृद्धि विरुद्ध सर्वोच्चमा रिट
| |

कोशी प्रदेश-सुविधा वृद्धि विरुद्ध सर्वोच्चमा रिट

झापा । अधिवक्ता कपिलदेव ढकालले कोशी प्रदेश सरकारको मुख्यमन्त्री र पदाधिकारीको सुविधा वृद्धि गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट हालेका छन् । अधिवक्ता सेवा सुविधा वृद्धिको निर्णय कानुन विपरीत रहेको भन्दै सर्वोच्चमा रिट दायर गरेको अधिवक्ता ढकालले जानकारी दिए । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको रिटको बुधवारको संवैधानिक इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ…

झापामा गायिका मेनुका पौडेललाई अभिनन्दनसहित भव्य स्वागत
| |

झापामा गायिका मेनुका पौडेललाई अभिनन्दनसहित भव्य स्वागत

काँकडभिट्टा । चर्चित रियालिटी शो ‘इन्डियन आइडल सिजन–१४’ को उत्कृष्ट १० मा पुगेकी नेपाली चेली मेनुका पौडेललाई सीमावर्ती शहर काँकडभिट्टामा सोमवार सार्वजनिक अभिनन्दनसहित भव्य स्वागत तथा सम्मान गरिएको छ । भारतको मुम्बईबाट बागडोग्रा एयरपोर्ट हुँदै नेपाल आउँदै गर्दा उनलाई दिउँसो पूर्वी सीमावर्ती नाका मेची पुल पुगेर उनका समर्थक एवं संगीतप्रेमीहरुले समेत अबिर, खादा र माला पहिराएर…

तेस्रो देशका नागरिकलाई काँकडभिट्टाबाट  नेपाल प्रवेशमा भारतको अवरोध
|

तेस्रो देशका नागरिकलाई काँकडभिट्टाबाट  नेपाल प्रवेशमा भारतको अवरोध

चार वर्षदेखि भुटानबाहेक तेस्रो देशका नागरिकले आवतजावत गर्न पाएननन् झापा । पूर्वी नाका भएर नेपाल आउने तेस्रो देशका नागरिकलाई भारतले चार वर्षअघि लगाएको रोक अझै कायम छ । भुटानबाहेकका देशका नागरिकलाई पूर्वी नाका काँकडभिट्टा भएर नेपाल प्रवेशमा भारतले रोक लगाउँदै आएको हो । चैत ०७६ मा कोरोना महामारीका कारण नाका बन्द भएसँगै रोकिएको आवतजावत भारतले अझै खोलेको छैन । अर्थात्…

आजदेखि संसद्को हिउँदे अधिवेशन : यी हुन् सम्भावित कार्यसूची
| |

आजदेखि संसद्को हिउँदे अधिवेशन : यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन आज (सोमबार)देखि प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर…

साेमबारकाे माैसम
| |

साेमबारकाे माैसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज रातिबाट नेपालमा सुदूरपश्चिम प्रदेशबाट पश्चिमी वायुको प्रभाव फेरि बढ्ने…

जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : अध्यक्ष नेपाल
| |

जबजलाई परित्याग गर्ने कुरा किमार्थ स्वीकार्य हुन सक्दैन : अध्यक्ष नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) परित्याग गर्ने कुरालाई किमार्थ स्वीकार गर्न नसकिने बताउनुभएको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उहाँले जनताको बिश्वास कसरी जित्ने ? भन्ने नाममा जबजको विचारलाई परित्याग गर्ने कुरालाई आफूहरुले कुनैपनि अर्थमा ठिक भन्न नसकिने तर्क गर्नुभएको हो । पार्टीका उपाध्यक्ष डा….

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट
| |

महिलालाई लक्षित गर्दै झापा गोल्ड कपको सदस्यता शुल्कमा ५० प्रतिशत छुट

झापा । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ । सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । खेलप्रेमी महिला दिदीबहिनीहरुलाई पनि झापा गोल्ड…

कृषि बजार बिर्तामोडको निर्वाचन स्थगित
| | |

कृषि बजार बिर्तामोडको निर्वाचन स्थगित

झापा । पालिकाहरुले सिफारिस गरी पठाएका किसान प्रतिनिधिका बारेमा विवाद भएपछि कृषि बजार व्यवस्थापन समिति बिर्तामोडको निर्वाचन स्थगित भएको छ । हिजो व्यवसायीहरुको निर्वाचन सम्पन्न भएर आज किसानहरुको निर्वाचन हुने कार्यक्रम रहेको थियो । गैरकिसानलाई पालिकाहरुले सिफारिस गरी पठाएको भन्दै उनीहरुविरुद्ध हिजो नै दावी विरोध परेको थियो । बिर्तामोडका निरजकुमार ओली , अर्जुनधाराका भीमप्रसाद लम्साल…

भारतबाट नेपाल आइफोन तस्करी, सशस्त्र प्रहरीको सक्रियतामा काँकडभिट्टाबाट बरामद
|

भारतबाट नेपाल आइफोन तस्करी, सशस्त्र प्रहरीको सक्रियतामा काँकडभिट्टाबाट बरामद

काँकडभिट्टा । झापाको काँकडभिट्टामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोली मेचीनगर नगरपालिका-६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेको हो । भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१-०२६ च…

स्वर्ण महोत्सव मनाउँदै बाल कल्याण मावि
| |

स्वर्ण महोत्सव मनाउँदै बाल कल्याण मावि

मेचीनगर, २१ माघ । झापाको मेचीनगर-५ मा अवस्थित श्री बालकल्याण माध्यमिक विद्यालयले ५० औँ बसन्त पुरा गरेको अवसरमा भव्यताका साथ स्वर्ण महोत्सव मनाउँदैछ । २०३१ सालमा स्थापना भएर ग्रामिण क्षेत्रको शिक्षा विकासमा समर्पित यस विद्यालयले यहि फागुन २ र ३ गते स्वर्ण महोत्सव मनाउन लागेको हो । महोत्सवको तयारी स्वरुप आजबाट विद्यालय परिसरमा विभिन्न कार्यक्रमको…