मेची पुलबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु
झापा । झापाको भद्रपुरस्थित मेची पुलबाट नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ। कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ भन्ने अभियानको सुरुवात गरेका हुन्। स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै…