रुखबाट लडेर मृत्यु 
| |

 रुखबाट लडेर मृत्यु 

झापा । झापामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका- ११ स्थित दुधे निवासी ५९ वर्षीय गङ्गाराम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए । शनिबार बिहान साढे ८ बजेको समयमा घर नजिकैको सामुदायिक वनमा गएका राई रुख चढेर सुकेको दाउरा झार्ने क्रममा लडेर घाइते भएका…

हल्दिबारीमा २५ सय बिघामा तोरी खेती
| |

हल्दिबारीमा २५ सय बिघामा तोरी खेती

झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ । गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो । प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन…

झापामा हात्ती आतंक : दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य
|

झापामा हात्ती आतंक : दैनिक घर भत्काउँदा चिसोमा रात कटाउन बाध्य

झापा । जिल्लाका विभिन्न स्थानमा दैनिक हुल बाँधेर र एक्लै आउने जङ्गली हात्तीले घर भत्काएपछि अधिकांश बासिन्दा माघको चिसोमा कसरी रात कटाउने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न स्थानमा रैथाने जङ्गली हात्तीले दैनिक गाउँ पसेर घर भत्काउने र अन्न खाने गरेका छन् । यहाँका स्थानीयवासी…

युगान्डामा प्रधानमन्त्री दाहालका १२ एजेन्डा
| |

युगान्डामा प्रधानमन्त्री दाहालका १२ एजेन्डा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरू (नाम) को १९ औं शिखर सम्मेलनमा एक दर्जन एजेन्डा उठाउनुभएकाे छ । युगान्डाको राजधानी कम्पालामा शुक्रबार शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावदेखि नामको अबको लक्ष्यसम्म, कोभिड–१९ जस्ता नयाँ चुनौतीहरू थपिएको, दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न प्रयास भइरहेको, विश्वव्यापी वित्तीय सुधार आवश्यक तथा…

सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतको एउटै कारण उपचार अभाव
|

सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउनेमध्ये ४३ प्रतिशतको एउटै कारण उपचार अभाव

काठमाडाैं  । नेपालमा सुत्केरी र गर्भावस्थामा ज्यान गुमाउने (मातृ मृत्यु)मध्ये ४३ प्रतिशतले समयमै उपचार नपाउँदा यस्तो क्षति भोग्नुपरेको देखिएको छ । स्वास्थ्य सेवा विभागले राष्ट्रिय जनगणना, २०७८ अन्तर्गत ‘नेपाल मातृ मृत्यु अध्ययन’को विश्लेषणपछि यस्तो नतिजा देखिएको हो । मातृ मृत्यु तथ्यांकका आधारमा मृत्युको कारण पत्ता लगाइएको यो नै पहिलोपटक हो । ०७८ को जनगणनाका क्रममा पछिल्लो १२ महिनाको…

हराएका तीन बालबालिकाको उद्धार, तीन महिनापछि अभिभावकलाई बुझाइयो
|

हराएका तीन बालबालिकाको उद्धार, तीन महिनापछि अभिभावकलाई बुझाइयो

झापा । तीन महिनाअघि बेपत्ता भई भारतमा भेटिएका झापा र मोरङका तीनजना बालबालिकाको सकुशल उद्धार गरी शुक्रवार नेपाल ल्याइएको छ । उद्धार गरिएकाहरूमा झापाको मेचीनगर–७, भान्सा खोलाका ७ वर्षीय सुजन लिम्बू, मोरङको सुन्दर हरैंचा–६, गछियाकी १४ वर्षीया आयुष्का पोखरेल र १२ वर्षीया राधिका दर्जी छन् । काँकडभिट्टा माविको कक्षा १ मा अध्ययनरत लिम्बू सीमावर्ती भारतीय…

झापामा दादुराबाट ७ जना बिरामी‚ १७ सय बालबालिकाले खोप नलगाएको खुलासा
| |

झापामा दादुराबाट ७ जना बिरामी‚ १७ सय बालबालिकाले खोप नलगाएको खुलासा

झापा । झापामा दादुराले ७ जना विरामी भएका छन्। झापा गाउँपालिकामा ६ जना र विर्तामोड नगरपालिकामा १ जना गरी ७ जनामा दादुरा देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलका अनुसार ७ वर्षदेखि ३७ वर्ष उमेर समूहका व्यक्ति दादुराबाट विरामी भएका छन्। गत वर्ष बाँकेको नेपालगञ्जमा दादुरा फैलिएको थियो। सरकारले ९ महिनादेखि…

बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव : एमाले, माओवादी, रास्वतपा र जसपाको मोर्चाबन्दी सुरु
| |

बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव : एमाले, माओवादी, रास्वतपा र जसपाको मोर्चाबन्दी सुरु

बिर्तामोड । आगामी फागुन १४ गतेका लागि निर्धारित बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने उद्योगी व्यवसायीहरु एकैमोर्चामा आवद्ध भएर अन्य उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रने भएका छन् । आज बिर्तामोडमा आयोजित एक भेलामा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेता एवम् तिनमा आस्था राख्ने उद्योगी व्यवसायीले अधिकतम सहमतिका…

बिर्तामोड नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम
| |

बिर्तामोड नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम

बिर्तामोड । बिर्तामोड नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडा नम्बर १ को सभाहलमा आज वडा नम्बर १,२ र ५ को आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिक अन्तर्गतको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ५ का वडाअध्यक्ष…

सिड कार्यान्वयन सम्बन्धी सरोकारवालासंग छलफल र सुझाव संकलन
|

सिड कार्यान्वयन सम्बन्धी सरोकारवालासंग छलफल र सुझाव संकलन

बिर्तामोड । महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि (सिड) तथा बेइजिङ कार्यमञ्च (बिफ) को राष्ट्रिय कार्यान्वयन कार्ययोजना दोस्रो २०८० सम्बन्धी बिर्तामोडमा छलफल भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना र बिर्तामोड नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा सिड कार्यान्वयनमा सबैको साझा प्रयास आवश्यकता रहेको बताइएको छ । सिड कार्यान्वयनका लागि मन्त्रालयले…