हलिउड फिल्म ‘फ्र्याक्चर’मा आर्यन, नेपालमा गरियो ७० प्रतिशत छायांकन
| |

हलिउड फिल्म ‘फ्र्याक्चर’मा आर्यन, नेपालमा गरियो ७० प्रतिशत छायांकन

अभिनेता आर्यन सिग्देलले पहिलोपटक हलिउड फिल्ममा काम गरेका छन् । अमेरिकी निर्देशक तथा छायाँकार रायन ट्राभिसको निर्देशनमा तयार भएको फिल्म ‘फ्र्याक्चर’बाट उनले हलिउडमा डेब्यु गरेका हुन् । पूर्ण रूपमा अङ्ग्रेजी भाषामा तयार भएको फिल्ममा आर्यनसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्ट पनि मुख्य भूमिका छन् । उनले ‘हलिउड किल्स’, ‘अन्डर द वेस्टर्न सन’, ‘सिरोनिया’, ‘द रेड’ जस्ता…

आजबाट कोप–२९ शुरु : यस्ता छन् मुख्य ६ मुद्दाहरू
|

आजबाट कोप–२९ शुरु : यस्ता छन् मुख्य ६ मुद्दाहरू

काठमाडाै । गत साउन ३२ गतेको दिउँसो, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । स्थानीयले एक्कासी बाढी आउला भन्ने सोचेकै थिएनन् । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे गाउँ बगरमा परिणत भयो । अझै पनि त्यो घटना सपना झैँ लाग्छ, खुम्बु पासाङल्हामु गाउँपालिकाकी अध्यक्ष टासी ल्हामु शेर्पाका लागि । “हामी जलवायुजन्य जोखिमको चपेटामा छौँ”, उहाँ…

कस्ताे छ साेमबारकाे माैसम ?
|

कस्ताे छ साेमबारकाे माैसम ?

झापा । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको…

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ
| |

मानव तस्करीका आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

झापा । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।गृहमन्त्रालय स्रोतका अनुसार उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अनुसन्धान…

नेकपा (एस) इलाम अध्यक्षमा आरबी राई
| |

नेकपा (एस) इलाम अध्यक्षमा आरबी राई

इलाम । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इलामको जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन् । शनिबार इलाम सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५ औं पूर्ण बैठकले राईलाई आयोजक कमिटी अध्यक्षम्को जिम्मेवारी दिएको हो । सूर्याेदय नगरपालिकाको नगरप्रमुख रहेका राई यसअघि जिल्ला सचिवालय सदस्य थिए । बैठकले एक सय १५ सदस्यीय आयोजक कमिटी गठन…

आइतबार केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
| | |

आइतबार केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

झापा । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिंम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा…

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै
| |

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

झापा । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गर्नुभएको थियो । जसलाई ‘सत्य धर्म…

छिमेकीको राँगोले हान्दा कन्काईकी एक महिला सख्त घाइते
|

छिमेकीको राँगोले हान्दा कन्काईकी एक महिला सख्त घाइते

झापा । आफ्नै गोरुले हानेर झापा गौरादहमा एकजनाको मृत्यु भएको करिव एक सातापछि छिमेकीको राँगोले हान्दा कन्काई नगरपालिका– ५ तल्लो चप्रामारीकी एक महिला सख्त घाइते भएकी छन् । हिजो दिउँसो २ बजे तल्लो चप्रामारी टोल बस्ने गादु मियाले आफ्नो राँगो घर अगाडि खेतमा बाँधेकोमा सो राँगोले डोरी चुँडाएर छिमेकी ५० वर्षीया सरस्वती पराजुलीलाई हानेको हो…

गोलधापस्थित क्लिनिकको शौचालयमा मृत शिशु फेला
| |

गोलधापस्थित क्लिनिकको शौचालयमा मृत शिशु फेला

झापा । झापाको हल्दिवारी– १ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा मृत शिशु फेला परेको छ । कसैले शौचालयमा जन्माएर फालेर भागेको हुनसक्ने आशंका गर्दै महिलाको खोजी शुरु गरिएको छ । आज दिउँसो २.३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको हो । सीसीटीभी फुटेजमा एकजना महिला सिटी रिक्सामा आएको र क्लिनिकको…

‘पूर्ण बहादुरको सारङ्गी’को प्रभाव : रोकियो ‘केटी हराएको सूचना’को रिलिज
| |

‘पूर्ण बहादुरको सारङ्गी’को प्रभाव : रोकियो ‘केटी हराएको सूचना’को रिलिज

यही कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गर्दै गीतदेखि ट्रेलरसम्म सार्वजनिक भइसकेको फिल्म ‘केटी हराएको सूचना’ अब पूर्वनिर्धारित मितिमा नआउने भएको छ । शुक्रबार निर्माण कम्पनी ट्राई सिटी पिक्चर्सले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरिएको जनाएको छ । लक्ष्मीपूजाबाट आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले अभूतपूर्व व्यापार गरेपछि ‘केटी हराएको सूचना’ले रिलिज स्थगन गरेको…