आज कोशी प्रदेशमा वर्षाको सम्भावना
झापा। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रहने छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ।
कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधरणतया बदली रहने सम्भावना रहेको छ ।