‘आइजी एपिएफ कम्मेन्डेसन’ द्धारा प्रहरी उपरीक्षक केसी सम्मानित
झापा । झापा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन केसी सम्मानित भएका छन्। सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आइजी) राजु अर्यालले २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा केसीलाई मंगलबार सम्मान गरेका हुन्।
सशस्त्र प्रहरी मुख्यालयमा आयोजित कार्यक्रमकामा केसीलाई अर्यालले सम्मान गरे। अर्यालले केसीलाई सम्मानस्वरुप ‘आइजी एपिएफ कम्मेन्डेसन’को प्रमाण पत्र प्रदान गरे।
सशस्त्र प्रहरी बलले केसीलाई कार्य सम्पादन गर्न विभिन्न तवरले सहयोग, समन्वय र सहकार्य गरेको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
केसी एक वर्षदेखि जिल्ला प्रहरी कार्यालयमा झापामा कार्यरत् छन्। उनले झापामा कार्यसम्पादनका क्रममा सशस्त्र प्रहरीसँग समन्वय गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। केसीले झापा आएसँगै शान्ति सुरक्षामा उल्लेखनिय प्रगति प्रगति भएको स्थानियको भनाई छ ।