बिर्तामोडमा भेटियो पुरुषको शव
बिर्तामोड । झापा बिर्तामोडको बसपार्क पूर्वपट्टि एक व्यक्तिको शव फेला परेको छ । आज बिहान ७ बजेतिर बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव फेला परेको हो ।
मृतकसँग फेला परेको नागरिकता प्रमाणपत्रको आधारमा उनी पाँचथर रानीटार २ का टेकबहादुर गुरुङका छोरा ३८ वर्षीय कुमार गुरुङ हुन् । आज बिहान ७ बजेतिर बिर्तामोड बसपार्कपूर्व अर्जुनधारा ११ स्थित गिरीबन्धु टी इस्टेटको चिया बगानभित्र कुहिन लागेको शव फेला परेको हो । करिव एक साताअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । माथि जीउमा लुगा नभएको, जिन्स पाइन्ट लगाएको र खुट्टामा जुत्ता लगाएको अवस्थामा शव भेटिएको हो । केहीबेरअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोली घटनास्थल पुगेको छ ।