सुखानीका सहिद हुलाक टिकटमा
झापा । हुलाक सेवा विभागले सुखानी आन्दोलनका सहिदहरुको तस्वीर अंकित हुलाक टिकटहरुमा टाँचा लगाएको छ ।
हुलाक विभाग आयोजनामा आज काठमाडौंमा भएको कार्यक्रममा सुखानी आन्दोलनका सहिदहरु स्व. रामनाथ दाहाल, स्व. नेत्र घिमिरे, स्व. विरेन राजवंशी, स्व. कृष्ण कुइँकेल, स्व. नारायणप्रसाद श्रेष्ठ तथा प्रसिद्ध राजनीतिज्ञ नारदमुनी थुलुङ र चिनियाँलाल सिंहको तस्वीर अंकित हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा हुलाक टिकटहरुको प्रथम दिवसीय आवरणमा टाँचा लगाइएको हो । आज सुखानी घटना ५३ वर्ष पुगेको छ ।
वि.सं. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँच जना नेताहरु दाहाल, घिमिरे, कुइँकेल, राजवंशी र श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो ।
