एसइई आजदेखि, ५ लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने
झापा । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुन लागेका छन् । जसका लागि २ हजार ७९ परीक्षा केन्द्रबाट तोकिएको छ ।
आज बिहान ८ बजेदेखि एसइई आरम्भ हुने लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दियो ।
गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । यस्तै, यस वर्ष परीक्षार्थी सङ्ख्या पोहोर भन्दा ४९ हजार २८६ जना बढी हो ।
१५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको बोर्डले जानकारी दिएको छ ।