१४१ डीएसपीको सरुवा, बिर्तामोडमा प्रकाश विष्ट
झापा । प्रहरी प्रधान कार्यालयले एक सय ४१ जना नायब उपरीक्षक ९डीएसपी० को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार उनीहरुको सरुवा गरिएको हो ।
चैत्र महिना देखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनीहरुको काज सरुवा तथा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खाली रहेको जिल्ला प्रहरी कार्यालय झापामा कृष्णकुमार चन्दको सरुवाभएको छ । डिएसपी खगेन्द्रप्रसाद रिजाल सेवा निवृत्त भएपछि जिल्ला प्रहरी कार्यालयमा डिएसपीको दरबन्दी खाली थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीमा प्रकाश विष्ट आउने भएका छन् । हालका डिएसपी सुरज कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकमा निशान थापा आउने भएका छन् । हालका डिएसपी मनोजकुमार लामाको अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा सरुवा भएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टामा मिनबहादुर थापा आउने भएका छन् । काँकरभिट्टाका डिएसपी दीपक भारतीको साइबर अपराध अनुसन्धान शाखामा सरुवा भएको छ ।