नागरिक यातायातमा यात्रा गर्दागर्दै चेम्जोङको झिलझिलेमा मृत्यु
झापा । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको यात्रुवाहक बसमा यात्रा गर्दागर्दै एक महिलाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४५ नं को नागरिक यातायातको बसमा सवार मोरङ गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत साँझ ५.५० बजेतिर झिलझिले आइपुगेपछि सो बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अचेत अबस्थाकी चेम्जोङलाई स्थानीय लालीगुराँस मेडिकल हलमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । दीर्घ रोगका कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । मृतकका परिवारलाई खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ ।