‘एसियन हाइवे’ विस्तारको नाममा भिम पौडेलले गरे निरन्तर चुरे दोहन
झापा । इलामको चुलाचुली गाउँपलिका अध्यक्षकै मिलेमतोमा राष्ट्रिय बन क्षेत्र फडाँनी तथा उत्खनन् गरिएको स्थनियहरुले बताएका छन् । चुलाचुली गाउँपालिका वडा नम्बर ३ मा रहेको सुकुना सामुदायिक बनको जमिन उत्खनन् र फाडाँनीमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको समेत संलग्नता रहेको स्थानियको आरोप छ ।
चुलाचुली गाउँपालिका वडानम्बर ३ को सुकुना सामुदायिक बनको जमिन क्षेत्रको एउटा डाडाँ नै उत्खनन् गरेर बिक्री गरेको पाईएको छ । चुरे क्षेत्रमा अवस्थित यो बनको जमिन उत्खनन् गरेर एसियन हाइवेलाई माटो बिक्री गरेको पाइएको छ ।
गाउँपालिकालाई आवश्यक खेल मैदान निर्माण गर्ने भन्दै केरुङकै योजनामा चुरे क्षेत्रको जमिन उत्खनन् गरिएको स्थानिय बताउँछन् । बन क्षेत्रको जमिन उत्खनन् गर्नुपरे मंत्रिपरिषदको स्विकृति लिनुपर्ने कानुनी ब्यवस्था भएपनि त्यसलाई लत्याउँदै खुलेआम चुरे क्षेत्रको जमिन खनेर ठेकेदारलाई माटो बिक्री गरिएको उनिहरुको भनाई छ ।
त्यस्तै केरुङकै संलग्नतामा उत्खनन् भएको स्थानमा रहेको सखुवा, सिमल र टिक जातको रुख पनि कटान गरेर रातारात गायब गरिएको स्थानीयले बताए । अझ रोचक त के छ भने बन फडानी र उत्खनन् भएकै पालिका भित्र सब–डिभिजन बन कार्यालय चुलाचुलीको कार्यालय समेत रहेको छ । यो अवैध कामका लागि त्याहाँको कर्मचारीलाई पनि अध्यक्ष केरुङले मिलाएको स्रोतको दाबी छ ।
त्यस्तै उत्खनन् भइरहेको समयमा बन रक्षकहरु पनि उपस्थित भएको र उनिहरुले उत्खनन् र फडानी रोक्न चासो नदिनुले पनि कर्मचारीको मिलेमतो छर्लङ्ग भएको छ । गाउँपालिका नै लागेर चुरे क्षेत्रमा रहेको राष्ट्रिय बन फडानी तथा उत्खनन् गरिएको भन्दै स्थानियले जिल्ला बन कार्यालयमा उजुरी समेत गरेका छन् । उजुरी उपर छानबिन भइरहेको सब–डिभिजन बन कार्यालय चुलाचुलीको कार्यालयले जनाएको छ ।
तर, सब–डिभिजन कार्यालय चुलाचुलीले आफ्नै मिलेमतोमा भएको अबैध कामको छानबिन कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी नै छ । यता, उत्खनन् गरिएको माटो एसियन हाईवेका पेटी ठेकेदार भिम पौडेललाई बिक्री गरिएको स्थानीयको भनाई छ । सो वापत करिब साढे चार करोड रुपँया अध्यक्ष केरुङले लिएको स्रोतले बताएको छ ।
यता, अध्यक्ष केरुङ भने सामुदायिक बनको डाडै चोरी भएको र शुरुमा आफुले पत्तै नपाएको हास्यास्पद तर्क अघि सार्छन् । एक दिन मात्रै उक्त स्थानको माटो चोरी भएको र आफुले जानकारी पाउनासाथ रोकेको उनको दाबी छ । तर, केरुङ आफैले केही युट्युव च्यानललाई भने खेल मैदान बनाउन आफैले डाडाँ उत्खनन् गरेको र रुख काटेको स्विकार गर्दै अन्तवार्ता दिएको पाईएको छ ।
तर, नाङ्गो आखाँले उत्खनन् भएको जमिन हेर्दा समेत केरुङको तर्क पत्याईनसक्नुको छ । बन ऐन २०७६ को दफा ‘ग’ मा भएको प्रावधान अनुसार उक्त कार्य गरे सोही ऐनको दफा ५० ‘३’ अनुसार पाँच बर्ष सम्म कैद वा एक लाख रुपँया सम्म जरिवाना वा दुबै सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ । तर, अध्यक्ष केरुङ राजनितिक शक्ति प्रयोग गरी यो मुद्धा अरुकै टाउकोमा हालेर उम्कने प्रयासमा छन् ।
भिम पौडेल उनै ब्यक्ति हुज जसले एसियन हाईवे निर्माणका नाममा ईलाम र झापाको चुरे क्षेत्र तहस नहस बनाउदै आएका छन् ।