तीनकुने प्रकरणका १६१ मध्ये ९४ जना छुटे
झापा । काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा समातिएका १६१ जना मध्ये ९४ जना छुटेका छन् । गत चैत १५ गते
राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका ९४ जनलाई हाजिरी जमानीमा छोडेको प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।
आज संसदीय समितिमा बोल्दै उनले पक्राऊ परेका अन्यमाथि राजद्रोह र आपराधिक उप्रदोको कसुरमा अनुसन्धान भइरहेकोको बताए । त्यसक्रममा राजावादी आन्दोलनकारीले ३९ वटा सवारी साधन तोडफोड गरेको जानकारी पनि गराइयो ।
अन्तिम राजा ज्ञानेन्द्र शाहको आह्वान र दुर्गा प्रसाईंको कमाण्डमा सडकमा उत्रिएका राजावादीहरुले उक्त दिन वितण्डा मच्याएका थिए ।
प्रदर्शनकारीलाई उक्साएको आरोपमा राप्रपाका नेताद्वय धवल शमशेर राणा र रविन्द्र मिश्रलहरु सोही दिन पक्राउ परेका थिए । तर, यस प्रकरणको मुख्य नाइके प्रसाईं भने अहिलेसम्म बेपत्ता छन् ।