हिमालयन बैंकले गर्यो १० लाख रुपैयाँ मृत्यु बीमा भुक्तानी
हिमालयन बैंकले १० लाख रुपैयाँको दुर्घटना मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ।
बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमा सुविधा अन्तर्गत उक्त रकम दाबी रकम भुक्तानी गरेको हो।
बैंकका खातावाला स्व. ईश्वर गुराँगाईको दुर्घटनामा परी असामयिक निधन भएको हुँदा निजको पत्नी श्रीमती विमला गुराँगाईलाई सो रकम गत असार १९ गते बैंकको बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले शाखाका अन्य कर्मचारीहरूबीच हस्तान्तरण गरेका हुन्।
बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग खातावालाहरूको दुर्घटना मृत्यु बीमा खरिद गरेको हो।
सो रकमले मृतकको परिवारमा केही सहयोग हुन्छ भन्नेमा बैंक आशावादी बताइएको छ।
हाल बैंकले विशेष तलबी खाता र नारी बचत खाता योजनामा १० रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य बचत योजनाहरूमा पाँच लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा सुविधा प्रदान गर्दै आएको छ।
हाल बैंकले देशभरी रहेका १८९ शाखा, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी एटिएमहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएकोे छ।
Source: Setopati