|

जब चुल्हो पाए तब खुशीको आँसु थामिएन

अर्जुधारा । अर्जुधारा ११ की ७२ वर्षीया मनमाया लावती जब सुुधारिएको मोटर पंखा जडित चुल्हो सित्तैमा पाइन्, उनी भक्कानिन् । उनका आँखामा हर्षका आँसु तप्किए । १२ वर्षको उमेरबाट माटोको चुल्होमा खाना बनाउँदै आएकी लावलीलाई अर्जुनधारा नगरपालिकाले सुुधारिएको मोटर पंखा जडित चुल्हो सित्तैमा दियो ।

अर्जुनधारा नगरपालिकाको पहलमा इपीसी नामक संस्थाले अनुुदानमा तीन हजार सात सय वटा सुुधारिएको मोटर पंखा जडित चुल्हो दिनपछि सर्मिला चौधरी पनि मख्न छिन् । ‘६ हजार रुपैयाँ गाडीको ४ गाडी दाउराले वर्ष दिन मरितरि पुग्थ्यो अब यो चुल्होमा त एक गाडी पनि नलाग्ने भयो,’ उनले भिनन् । चुल्हो थाप्ने लाइनमा बसेका ७५ वर्षीय शमशेर योङहाङ्गले अब धुँवाको कारण आँखा पोल्न र टाउँको दुख्ने समस्या नहुनेमा आसा गरे ।

चुरे र भावर क्षेत्रसहितको ग्रामिण बस्ती गरेको नगरपालिकाको १२ वटै वडाका लक्षित वर्गमा चुल्हो वितरण गरिने अर्जुनधाराका नगरप्रमुख बलदेव गोम्देनले बताए । सहकाले, माटे, साठीमुरे, गुन्द्रुुके, दहिझोडा, बसोबास गर्ने विपन्न परिवारलाई साथै लक्षित वर्गमा पर्ने चिया बगानमा काम गर्ने, सुपारी बगान तथा प्रशोधन केन्द्र, खोलामा काम गर्ने र जंगल छेउमा विशुद्ध दाउरा प्रयोग गरेर खाना पकाउने परिवारलाई प्राथमिकतामा राखेर चुल्हो वितरण गर्ने नगर प्रमुख गोम्देनले बताए ।

नगरका गाउँमा बस्ने विपन्न परिवारलाई सुधारिएको चुल्हो वितरण शहरमा बस्ने मध्यम तथा सम्पन्न वर्गलाई विद्युुतीय चुल्हो वितरण गर्ने योजना रहेको उनले नगर प्रमुख गोम्देनले जानकारी दिए । अर्जुनधारामा ग्रामिण बस्तीमा बसोबास गर्ने विपन्न परिवारको संख्या धेरै रहेकोले थप एक हजार पाँच सय वटा चुल्हो माग गरेको नगर प्रमुखका गोम्देनले बताए ।

भारतको हैदरावादमा तयार पारिएको आधुनिक चुुल्होमा थोरै दाउराले सहजै खाना पकाउन सकिने र यसको प्रयोगले वन तथा वनस्पतिको संरक्षणमा टेवा पुुग्ने, धुँवाका कारण हुन सक्ने स्वास्थ्य जोखिम पनि कम हुने इपीसीका झापा जिल्ला संयोजक अमर मेचेको भनाई छ । नगरले नि:शुल्क वितरण गरेको इपीसीले चुल्होको होलसेल मूल्य पाँच हजार पाँच सय रुपैयाँ रहेको रहेको संयोजक मेचेले बताए ।

Similar Posts