दुई सांसदको शपथ आज

प्रतिनिधि सभाका दुई जना सदस्यको शपथ आज (मंगलबार) हुने भएको छ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमकुमार आले र नेपाली कांग्रेसकी सांसद माया राईले आज शपथ लिन लागेका हुन्।

उनीहरूको शपथ दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालय, कानुन समितिको हलमा हुनेछ।

उनीहरूलाई जेष्ठ सदस्य पशुपतिशमशेर राणाले शपथ खुवाउने छन्।  

प्रतिनिधि सभाका अरू सांसदले  पुस ७ गते शपथ लिएका थिए। नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्दैछ।

Source: Setopati

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *