राष्ट्रिय सभामा पछि : पहिलो दल एमाले तेस्रो बन्ने

ad

काठमाडाैं । यो निर्वाचनपछि राष्ट्रिय सभामा दलहरूको हैसियतमा फेरबदल आउने भएको छ । हाल पहिलो दल एमाले तेस्रोमा खुम्चिने भएको छ भने दोस्रो दल माओवादी पहिलो र तेस्रो दल कांग्रेस दोस्रो स्थानमा पुग्दै छ । 

अहिले राष्ट्रपतिबाट मनोनीतसहित एमालेका १८ सांसद छन् । मनोनीतसहित नौजनाको पद रिक्त हुँदै छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतभारअनुसार सत्तागठबन्धनका सबै उम्मेदवार विजयी हुने निश्चितजस्तै छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सिट पनि एमालेको हुनेछैन । त्यस्तो अवस्थामा एमाले नौ सिटमा खुम्चिँदै तेस्रो स्थानमा पुग्नेछ  ।

राष्ट्रपतिबाट मनोनीतसहित अहिले माओवादीका १६ सांसद छन् । २१ फागुनबाट तीन सांसद बिदा हुँदै छन् । तर, यो निर्वाचनबाट ६ सांसद थपिँदै राष्ट्रिय सभामा कुल संख्या १९ पुग्दै छ । त्यस्तै, कांग्रेसका अहिले १० सांसद छन् । चार सांसदको पद रिक्त हुँदै छ । निर्वाचनपछि १० सांसद थपिँदै छन् । कुल संख्या १६ पुग्दै छ । 

एकीकृत समाजवादीका अहिले आठ सांसद छन् । दुईजनाको पद रिक्त हुँदै छ भने दुईजना नै उम्मेदवार छन् । त्यस्तै, जसपाका तीन सांसद छन् । एक सांसदको पद रिक्त हुँदै छ भने एकजना नै थपिँदै छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा लोसपा, जनमोर्चा, स्वतन्त्र र राष्ट्रपतिबाट मनोनीत एक–एक सांसद छन् । नयाँ पत्रिकाबाट

Similar Posts