|

कोशीमा नयाँ सभामुखको निर्वाचन आज, राप्रपाका अम्बरबहादुर विष्ट हुने निश्चित

झापा । पाँच महिनाभन्दा लामो समयदेखि रिक्त रहेको कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचन आज हुने भएको छ । सभामुखको निर्वाचन आज ३ बजे हुने उपसभामुख सृजना दनुवारले जानकारी दिइन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउन सहमति गरेका हुन् । 

‘निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति जुटिसकेको छ,’ उपसभामुख सृजना दनुवारले भनिन्, ‘आज बजेबाट प्रक्रियाअघि बढ्छ ।’

सभामुख राप्रपाका अम्बरबहादुर विष्ट हुने निश्चित भएको छ । राप्रपा संसदीय दलको बैठकले उनलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो । एमालेले पनि उनलाई नै समर्थन गर्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक रेवत भण्डारीले जानकारी दिए । गठबन्धनले पनि विष्टलाई नै उम्मेदवार बनाउने निर्णय यसअघि नै गरिसकेको थियो ।

Similar Posts