|

राप्रपामा विवाद : कोशीबाट सभामुख फिर्ता गर्न केन्द्रीय समितिको निर्देशन

ad

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र विवाद चुलिएको छ । राप्रपाले कोशी प्रदेशबाट सभामुख फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएसँगै विवाद चुलिएको हो ।

मंगलबार बसेको केन्द्रीय निर्देशन समितिको बैठकले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको हो ।

केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने या नदिने भन्ने बुँदामा व्यापक छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा पदमा जानु उपयुक्त नहुने सहमति भएको हो ।’

पार्टीको केन्द्रीय निर्देशनविपरीत राप्रपाका अम्बरबहादुर विष्टले कोशी प्रदेशको सभामुखमा उम्मेदवारी दिएका थिए । उनी कोशी प्रदेशसभाको सभामुखमा सर्वसम्मत चयन भएका हुन् । राप्रपाका विष्टलाई सत्ता गठबन्धन र विपक्षी एमालेले पनि समर्थन गरेको थियो । तर विष्ट कोशी प्रदेशको सभामुख भएपछि पार्टीले सभामुखबाट फिर्ता गर्न केन्द्रीय समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएको छ ।

Similar Posts