| |

प्रधानमन्त्री दाहालद्वारा काठमाडाैंमा मेलम्चीकाे पानी वितरण शुरू

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडाैंमा मेलम्ची खानेपानीको पुनः वितरण शुरू गर्नुभएकाे छ । सिंहदरबारस्थित आफ्नो कार्यलय परिसरमा परम्परागत शैलीमा बनाइएको धारा खोलेर मेलम्ची खानेपानीको पुनःवितरण शुरू गर्नुभएकाे हाे ।

कार्यक्रममा खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा काठमाडौंबाट निर्वाचित जनप्रतिधिहरूको समेत उपस्थिति थियो।

गत बुधबारबाट हेलम्बु गाउँपालिका–१ अम्बाथानबाट मेलम्चीको पानी सुरूङमार्गमा पथान्तरण शुरू गरिएको थियो। गत साउन २८ र २९ गतेको बाढी सुरूङभित्र पनि पसेकाले शुरूमा धमिलो पानी पठाएर सफा गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएकाे छ ।

Similar Posts