अयोध्यामा कालीगण्डकीका शालिग्राम
काठमाडाैं । भारतको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुई शालिग्राम राखिने भएको छ । रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला भने बाहिरै रहने भएका छन् ।
दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शीला (ढुंगा) लाई भने गर्भगृह बाहिरै राखिने भएको छ । दुई ठूला शिलामुनि भेटिएका दुई शालिग्राम राम मन्दिरको गर्भगृहमा सधैँका लागि राखिनेछ ।