स्थानीय तह स्वमुल्याङ्कनमा सूर्योदय जिल्लाकै उत्कृष्ट स्थानीय तह
इलाम । इलामको पर्यटकीय नगरी सूर्योदय नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन (लिजा) मा जिल्लाको स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०७९/०८० को पछिल्लो नतिजाअनुसार सूर्योदय जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको हो ।
जिल्लाका १० स्थानीय तहमध्ये सूर्योदय नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन लिजामा ९६ प्रतिशत ल्याएर जिल्लाकै उत्कृष्ट स्थानीय तह भएको हो ।
सूर्योदय नगरले समग्र स्थितिमा शतप्रतिशत, प्रक्रियागत स्थितिमा ९५ दशमलव ५९ प्रतिशत र परिमाणात्मक स्थितिमा ९४ दशमलव ४४ प्रतिशत अङ्क ल्याएको छ ।
त्यस्तै जिल्लाको पुरानो नगरपालिका इलाम नगरपालिले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा ९६ प्रतिशत नै ल्याएर जिल्लाको दोस्रो उत्कृष्ट स्थानीय तह भएको छ । इलाम नगरपालकाले समग्र स्थितिमा शतप्रतिशत, प्रक्रियागत स्थितिमा ९४ दशमलव १२ प्रतिशत र परिमाणात्मक स्थितिमा ९५ दशमलव ५६ प्रतिशत अङ्क ल्याएको छ ।
फाकफोकथुम गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा ८६ दशमलव २५ प्रतिशत ल्याएर जिल्लाको तेस्रो उत्कृष्ट स्थानीय तह भएको छ ।
सन्दकपुर गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा ८२ दशमलव २५ प्रतिशत ल्याएर जिल्लाको चौथो उत्कृष्ट स्थानीय तह भएको छ ।
देउमाई नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा ७५ दशमलव २५ प्रतिशत ल्याएर जिल्लाको पाँचौ उत्कृष्ट स्थानीय तह भएको छ ।
रोङ गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा ७० प्रतिशत ल्याएर जिल्लाको छैटौं उत्कृष्ट स्थानीय तह भएको छ ।
माङसेबुङ गाउँपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजामा ६९ दशमलव ७५ प्रतिशत ल्याएर जिल्लाको सातौं उत्कृष्ट स्थानीय तह भएको छ ।
माई नगरपालिका, माइजोमाई गाउँपालिका र चुलाचुली गाउँपालिकाले भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिजाको नजिता सार्वजनिक गरेका छैनन् ।