|

शरणार्थी शिविरको गुम्बामा ‘कान्जुर’ पूजा गरिँदै

ad

दमक । झापाको दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा रहेको ड्रुकसाङ् थार्पालिङ्ग सार्वजनिक बौद्ध गुम्बामा बौद्ध धर्मको सबैभन्दा ठूलो ‘कान्जुर’ पूजा गरिने भएको छ । विश्व शान्तिको कामना गर्दै ६ दिने कान्जुर पूजा हुने भएको हो ।
गुम्बा समितिका अनुसार फागुन २ गते देखि ७ गतेसम्म कान्जुर हुने भएको हो ।
गुम्बा समिति, पुनर्वासमा रहेका जिन्दाहरू (भक्तजन) र सम्पूर्ण लामागणहरुको संयुक्त आयोजनामा हुन गइरहेको पूजाको समय तालिका पनि सार्वजनिक गरिएको हो ।
अनुमानित २५ लाख खर्च हुने सो पूजाका लागि आवश्यक तयारी थालिएको गुम्बाका अध्यक्ष राजमान गुरुङले जानकारी दिए । पूजाको सबै खर्च पुनर्वासमा हुने भक्तजनहरूले बेहोर्ने जानकारी दिए । पूजा हुने बचत रकम भने यही गुम्बाको भौतिक संरचनामा खर्च गरिने गुम्बा समितिका गुरुङले जानकारी दिए । पूजाको खर्च व्यवस्थापनका लागि अमेरिकामा रहेका डिबी गुरुङ, कर्मा लामा (कुल बहादुर) र नरेश लामाले पहल गरिरहेका छन् ।

विश्वभर हिंसा, अशान्ति, युद्धहरु भइरहेको र अज्ञान प्राणी तथा मानिसहरुको सुखमय जीवनको निम्ति पूजा गर्न लागेको आयोजक समितिको भनाइ छ ।
पूजामा ५० जना लामाहरुले पढ्ने भए पनि थप एक सय जना अन्य लामाहरु पनि आउनेछन् । पुनर्वासमा गएका अमेरिकाबाट पाँच सय जनाको सहभागिता रहने गुरुङले बताए । ‘ यो एक प्रकारले पारिवारिक पुनर्मिलन पनि हो । पुनर्वासले विदेशिएका र यहाँ रहेका शरणार्थी एकैपटक भेट हुँदैछौँ,’ उनले भने, ‘हाम्रा लागि यो अवसर पनि हो ।’
अहिलेसम्म गुम्बा निर्माणलगायत कार्यका लागि पुनर्वासबाट प्राप्त सहयोगको आम्दानी खर्च गुम्बा समितिका कोषाध्यक्ष सन्तोष गुरुङले बताए । उनले यो पूजालाई भब्य बनाउन सबैबाट सहयोग हुने पनि विश्वास व्यक्त गरे ।

Similar Posts