टिपरमा मतदान कर्मचारी र मतपेटिका !
![](https://ekharipati.com/wp-content/uploads/2024/04/tipper2024-04-27-07-53-05-1-1-1024x677.jpeg)
तस्बिर : पालिकापेज
इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३, आमचोकस्थित सिंहदेवी मावि मतदानस्थलबाट मतपेटिका सदरमुकाम ल्याइँदै । रातको समयमा खुला आकाशमुनि टिपरको डालीमा राखेर मतपेटिका र मतदानका कर्मचारीलाई करिब चार घन्टाको बाटो सदरमुकाम ल्याइने भएपछि ज्यादै कष्ट खेप्नुपरेको कर्मचारीले गुनासो गरेका छन् ।