|

बिर्तामोमा मृत फेला परेकी महिलाको हत्यामा सम्लग्न आरोपित प्रसाईं सार्बजनिक

ad

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका ५ की माया पुलामी मगरको हत्यामा सम्लग्न रहेको आरोपमा बिर्तामोड ८ का चन्द्रप्रसाद प्रसाई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडले आज पत्रकार सम्मेलन गरी प्रसाईलाई सार्वजनिक गरेको छ । बिवाह गर्न अस्वीकार गरेपछि प्रसाईले अर्जुनधारा ६  महानन्द चोक पश्चिममा मगरको हत्या गरेका प्रहरीको दावी छ ।

आसामबाट ०७२ मा नेपाल फर्किएका प्रसाईं बिर्तामोडको हर्कलाल मार्गमा निर्माणाधीन एक घरमा मजदुरी गर्दै आएका ब्यक्ती हुन् । छोरा बुहारीसँग बिर्तामोड बस्दै आएकी मगरलाई प्रसाईले केही समयदेखि हिमचिम रहेको दावी गरिएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले निज प्रसाईलाई ७ सात दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिरहेका बताए ।
मादकपदार्थ सेवन गर्दै हिड्ने मगरले घटनास्थलमा आफुलाई झापड हानेपछी ढुङ्गाले हिर्काएर हत्या गरेको स्वीकार गरेको प्रहरीले पत्रकार सम्मेलनमा दावी गरेको छ ।

Similar Posts